सुन्दर नगरी सिलेण्डर ब्लास्टमा दुईजना नानीहरूको मृत्यु
सुन्दर नगरी सिलेण्डर ब्लास्टमा दुईजना नानीहरूको मृत्यु


नयाँ दिल्ली, 01 जून (हि.स.)। उत्तर पूर्वी जिल्लाको नन्द नगरी थाना अधिनस्थ सुन्दर नगरी क्षेत्रमा भएको वाहनमा प्रयोग गरिने सीएनजी सिलेण्डर ब्लास्टमा घाइते भएका दुईजना अबोध नानीहरूको उपचारको क्रममा जीटीबी अस्पतालमा मृत्यु भयो। यस घटनामा दुवै नानीहरू 80 प्रतिशतभन्दा अधिक जलेका थिए। मृतक नानीहरूको पहिचान साकिब र अब्बासको रूपमा भएको छ।

जानकारी अनुसार सुन्दर नगरी क्षेत्रमा अवस्थित एउटा गोदाममा गए शनिवार साँझ लगभग 4:30 बजे पुरानो सीएनजी सिलेण्डरको मरम्मत गर्ने क्रममा विस्फोट भएको थियो। विस्फोट भयानक भएको कारणले गोदामको फलामको ढोका समेत भत्कियो। यसको चपेटमा परेर नजिकै खेलिरहेका तीनजना नानीहरू परे। सूचना पाउनसाथ पुलिस र दमकलको टीम घटनास्थलमा पुग्यो। घाइतेहरूलाई जीटीबी अस्पतालमा भर्ती गरिएको थियो जहाँ उपचारको क्रमममा आज दुईजना नानीहरूको मृत्यु भयो।

उत्तर पूर्वी दिल्लीका डीसीपी आशिष मिश्राले बताए, यस सिलसिलामा मुद्दा दर्ता गरी जाँच शुरू गरिएको छ। यस दुर्घटनालाई लिएर स्थानीय मानिसहरूमा व्यापक रोष व्याप्त भएको छ। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार गोदाममा सुरक्षा मानकहरूलाई अदेखा गर्दै पुरानो सीएनजी सिलेण्डरको मरम्मत गरिँदथ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande