रेड रोडमा ईदको नमाजलाई लिएर अनिश्चितता, सेनाले अनुमति दिनदेखि गऱ्यो अस्वीकार
रेड रोडमा ईदको नमाजलाई लिएर अनिश्चितता, सेनाले अनुमति दिनदेखि गऱ्यो अस्वीकार


कोलकाता, 01 जून (हि. स.)। महानगर कोलकातामा हरेक वर्ष झैं यस वर्ष पनि ई-उल-जुहाको अवसरमा रेड रोड (इन्दिरा गान्धी सरणी)-मा भव्य नमाज-ए ईद आयोजना गर्ने प्रस्ताव थियो। यो आयोजन राज्यमा हुने सबैभन्दा विराट सार्वजनिक नमाजहरूमध्ये एक हो जसमा लाखौं मानिसहरूले भाग लिन्छन्। तर यसपालि सेनाद्वारा अनुमति नदिइएको कारण आयोजनलाई लिएर असमञ्जस्यताको स्थिति उत्पन्न भएको छ।

विजय‌ दुर्गका जनरल अफिसर कमाण्डिंग अधिनस्थ कार्यरत एकजना कर्नलद्वारा हस्ताक्षरित पत्रमा सूचित गरिएको छ, ई-उल-जुहामा रेड रोज अनि यस वरपरका क्षेत्रहरू सैन्य उपयोग- मा व्यस्त रहनेछन्। यस कारण नेताजी सुभाष चन्द्र बोसको प्रतिमादेखि लिएर विजय दुर्गको ईस्ट गेटसम्म फैलिएको क्षेत्रमा कुनै पनि प्रकारको धार्मिक वा सार्वजनिक आयोजन गर्ने अनुमति दिन सकिँदैन।

कोलकाता खिलाफत कमिटी जसले लगभग एक शताब्दीभन्दा अधिक समयदेखिको रेड रोडमा ईदको नमाज आयोजना गर्दै आइरहेको छ,- ले सेनाको उक्त फसेलामाथि आपत्ति जाहेर गरेको छ। कमिटीको भनाइ छ, पछिल्लो वर्ष पनि यस्तै स्थिति उत्पन्न भएको थियो, तर मामिला उच्च न्यायालयसम्म पुगेपछि कोर्टले स्पष्ट रूपमा भनेको थियो, दशकौंदेखि यो आयोजन शान्तिपूर्ण तथा अनुशासित ढंगमा हुँदै आएको छ, अतः यसलाई रोक्न सकिँदैन।

राज्यका मन्त्री तथा खिलाफत कमिटीका अध्यक्ष जावेद अहमद खानले बताए, सेनाको चिट्ठी उनलाई प्राप्त भइसकेको छ। यसमाथि विशेष बैठक डाकिएको छ जसमा आगामी कदमहरूमाथि चर्चा गरिनेछ। खिलाफत कमिटीको इतिहास भारतको स्वतन्त्रता संग्रामसित जोड़िएको छ। मौलाना मोहम्मद अली, मौलाना शौकत अली औ महात्मा गान्धीको नेतृत्वमा भएको खिलाफत आन्दोलनको विरासतलाई यो संगठनले आज पनि जीवित राखेको छ। कोलकाताको ईदको नमाज धार्मिक मात्र नभएर साम्प्रदायिक सौहार्द अनि एकताको प्रतीक पनि रहेको छ जसमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी सहित केही गणमान्य व्यक्तिहरू सामेल हुनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande