पूर्व बर्दवान, 1 जून (हि.स.)। नादनघाट थानाको नसरतपुर पञ्चायत अधिनस्थ किशोरीगञ्ज क्षेत्रस्थित भागीरथी नदीमा फेरि कटाउ शुरू भएको छ जसबाट तटवर्ती क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूको रातको निन्द्रा हराएको छ। नदीले एकपछि अर्को खेतीयोग्य भूमिलाई निलिरहेको छ। मानिसहरूले आशंका व्यक्त गरेका छन्,यदि कटाउ रोकिएन भने यसले मानिसहरूलाई पनि निल्नेछ। नादनघाट थानाको पूरबस्थली-1 ब्लकको नसरतपुर पञ्चायतको किशोरीगञ्ज गाउँ भागीरथी नदीको किनारमा बसेको छ भने गाउँका स्कूल, बजार तथा मण्डी सबै नदीको अर्को किनार समुद्र गढ़ क्षेत्रमा अवस्थित छन्। गाउँको मुख्य आजीविका कृषि हो। कृषि उत्पादहरूको विपणनको लागि नदी तरेर निमतला किसान मण्डीमा पुग्नुपर्छ।
भागीरथी नदीको किनारमा अवस्थित धेरै वटा गाउँ विगत लामो समयदेखिकै कटाउको चपेटमा परेका छन्। हालैमा एक प्रतिनिधिमण्डलले नदीको कटाउको निरीक्षण गरेको थियो, तर अहिलेसम्म ग्रामीणहरूको राहतको निम्ति कुनै ठोस कदम उठाइएको छैन। नुसरतपुर पञ्चायतका उप-मुखिया मोबिन हुसैन मण्डलले भने, पूर्वमा पनि किशोरीगञ्जमा भागीरथीको कटाउले ठूलो भू-भाग नदीमा समेटिन पुगेको थियो। हिजोआज नदीको पानी बढ़ेको कारण फेरि कटाउ शुरू भएको छ। शुक्रवारदेखि यो कटाउ झन् बढ़ेको छ।
बीडीओ सञ्जय सेनापतिले भन्, मामिलाको जानकारी उच्चाधिकारीहरूलाई दिइएको छ। महकुमा शासक शुभम अग्रवालले भने, लगभग अढ़ाई करोड़ रुपियाँको नदीको बाँध मरम्मत गर्ने योजनालाई पठाइएको छ। यसलाई लिएर स्वीकृति प्राप्त भएको छैन। मामिलाको जानकारी जिल्लालाई दिइएको छ। यथाशीघ्र स्थानीय स्तरमा केही गर्न सकिन्छ कि सकिँदैन, विचार गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा