हैलाकांदी शहरमा पानी भरिएर भयावह स्थिति
हैलाकांदी शहरमा पानी भरिएर भयावह स्थिति


हैलाकांदी (असम), 1 जून (हि.स.)। हैइलाकांदी जिल्ला शहरमा जल भराउ (कृत्रिम बाढ़)- को भयावह स्थिति उत्पन्न भएको छ। बितेका केही दिनदेखिको राज्यमा भइरहेको मुसलधारे वर्षाको परिणामस्वप हैलाकांदी जिल्ला शहरका भिन्न-भिन्न क्षेत्रहरूमा पानी जमिएर जनजीवन प्रभावित भएको छ।

आइतवार प्राप्त जानकारी अनुसार वर्तमान समयमा हैलाकांदी शहरका विभिन्न सड़कहरूसँगसँगै मानिसहरूको घरभित्र पनि पानी पसेको छ। शहरका विभिन्न सड़कहरूमा बाँस लगाएर मानिसहरूले सड़कलाई बन्द गरेका छन्। यसबीच हैलाकांदी जिल्लाका नदीहरूको पानी तीव्र गतिमा बढ़िरहेको छ। वर्तमानमा काटाखाल अनि धलेश्वर नदीको जलस्तर बढ़ेर खतरनाक सीमालाई पार गरिसकेको छ।

प्रतिघण्टा नदीको जलस्तर 20 सेन्टीमीटर बढ़िरहेको छ। यदि आगामी 2 घण्टा अझ पानी परे हैलाकांदी जिल्लाका कतिपय क्षेत्रहरू पानीमा डुब्नेछ। अर्कोतिर वर्तमान स्थितिलाई मध्यनजर गर्दै हैलाकांदी जिल्लाका नगर पञ्चायत अध्यक्ष तथा विभिन्न वार्ड सदस्यहरूप्रति स्थानीय मानिसहरूमा आक्रोश व्याप्त भएको छ।

मानिसहरूले हैलाकांदी नगर पञ्चायत तथा जिल्ला प्रशासनसित आह्वान गरेका छन्, यस कृतिम बाढ़ीदेखि उनीहरूलाई बचाउनका लागि कारबाही गरोस्, नत्र हैलाकांदी शहरका विभिन्न क्षेत्र पानीमा डुब्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande