हुगली, 01 जून (हि.स.)। ब्याण्डेल महात्मा गान्धी हिन्दी विद्यालय प्रांगणमा आइतवार हुगली एडीएम तमिल ओविया एस-आईएएस (जिल्ला भूमि एवं भूमि सुधार अधिकारी)-सित प्रोजेक्ट अफिसर वा जिल्ला वेल्फेयर अफिसर तापस विश्वास डब्ल्यूबीसीएस (एग्जीक्यूट) (पीओ-सह-डीडब्ल्यूओ, बीसीडब्ल्यू एवं टीडी)-ले पश्चिम बंगाल सरकारद्वारा शुरू गरिएको 'योग्यश्री परियोजना'- को उद्घाटन समारोहमा भाग लिए। यस परियोजना अन्तर्गत कक्षा बाह्रौमा अध्ययनरत् सामान्य, ओबीसी र अल्पसंख्यक समुदायका मेधावी विद्यार्थीहरूलाई नीट अनि जेईई प्रवेश परीक्षाको लागि निःशुल्क गैरआवासीय कोचिंग प्राप्त गर्नको लागि चयन गरिनेछ। यसान्तर्गत कोटाको प्रतिष्ठित कोचिंग संस्थान रेजोनेन्स एडभेन्चर्स लिमिटेड- को तत्वावधानमा अनुभवी शिक्षकद्वारा प्रत्येक शनिवार र आइतवार उनीहरूलाई कोचिंग दिइनेछ। आज 51 जना उम्मेद्वारहरूले आफ्नो उद्घाटन कक्षामा भाग लिए। यस अवसरमा प्रधानाध्यापक विजय कुमार प्रसाद अनि एएनओ धर्मेन्द्र कुमार सिंहले यस प्रतिष्ठित योजना अन्तर्गत विद्यालयलाई कोचिंग सेन्टरको रूपमा चयन गरेकोमा हुगलीका एडीएमप्रति हार्दिक आभार व्यक्त गरे। यसरी नै जयहिन्द बाहिनीका क्याडेट्स र चयनित अभ्यर्थीहरूले पनि सरकारको यस कदमको प्रशंसा गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा