प्रदेश भाजपाको मुखपत्र ‘असमिया बीजेपी वार्ता’-को विमोचन
प्रदेश भाजपाको मुखपत्र ‘असमिया बीजेपी वार्ता’-को विमोचन


गुवाहाटी, 01 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा), असम प्रदेशको राज्य मुख्यालय ‘अटल बिहारी वाजपेयी भवन’- मा आज जून महिनाको ‘असमिया बीजेपी वार्ता’- को नयाँ अंकको औपचारिक विमोचन गरियो। यो विमोचन पार्टीका प्रदेश मुख्य प्रवक्ता मनोज बरूवाले कार्यकर्ताहरूको उपस्थितिमा गरे।

यस अवसरमा ‘असमिया बीजेपी वार्ता’ संकलन समितिका सदस्य एवं भाजपा असम प्रदेशका मीडिया प्यानलिस्ट डा. देवजीत महन्तको निगरानीमा आयोजित कार्यक्रममा बरूवाले भने, भाजपा एक विशिष्ट चरित्र भएको राजनीतिक पार्टी हो जसको आधार हजारौं वर्षका सांस्कृतिक मूल्यहरूमाथि आधारित छ।

उनले बताए, यस मुखपत्रमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वाधिन केन्द्र सरकार अनि मुख्यमन्त्री डा. हेमन्त बिस्व सरमा नेतृत्वाधिन राज्य सरकारका जनकल्याणकारी योजनाहरूसँगसँगै पार्टी दर्शन, विचार एवं आदर्श पनि प्रतिबिम्बित हुन्छ।

बरुवाले यो पनि भने, यो मुखपत्र असम प्रदेश भाजपाका लाखौं कार्यकर्ताहरूलाई वैचारिक सामग्री प्रदान गर्नमा सक्षम छ। उल्लेखनीय छ, यसपालिदेखि हरेक अंकमा भाजपा असम प्रदेशका पूर्ववर्ती अध्यक्षहरूको जीवनी क्रमागत रूपमा प्रकाशित गरिनेछ। यसपालिको अंकमा प्रदेशका संस्थापक अध्यक्ष कर्नल उमानाथ शर्माको जीवनी प्रकाशित गरिएको छ।

आजको विमोचन समारोहमा भाजपा असम प्रदेशका मीडिया प्यानलिस्ट ब्रजन महन्त सहित ठूलो संख्यामा पार्टी कार्यकर्ताहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande