बाढ़ीको कहरः असमका 13 वटा जिल्लामा 58 हजारभन्दा अधिक मानिसहरू प्रभावित
बाढ़ीको कहरः असमका 13 वटा जिल्लामा 58 हजारभन्दा अधिक मानिसहरू प्रभावित


गुवाहाटी, 01 जून (हि.स.)। असममा निरन्तर परिरहेको पानीको कारणले बाढ़ीको गम्भीर स्थिति उत्पन्न भएको छ। आइतवार बिहानसम्ममा प्राप्त रिपोर्ट अनुसार राज्यका 13 वटा जिल्लाहरू बाढ़ीको चपेटमा परिसकेका छन्। यी जिल्लाहरूमा क्रमैले धेमाजी, दक्षिण सालमारा, लखिमपुर, डिब्रुगढ़, गोलाघाट, दरंग, नगाउँ, कार्बी आंगलोंग, कामरूप, बिस्वनाथ, तिनसुकिया तथा कार्बी आंगलोंग वेस्ट सामेल छन्।

यसरी नै बाढ़ी प्रभावित गाउँहरूको संख्या 175सम्म पुगिसकेको छ जसबाट 58,091 मानिसहरू प्रभावित भएका छन्। यस अतिरिक्त 791.32 हेक्टेयर फसल क्षेत्रलाई पनि व्यापक क्षति पुगेको छ।

राज्य प्रशासनले 16 वटा राहत शिविरहरू खोलिदिएको छ जसमा 224 जना मानिसहरूले शरण लिएका छन् भने 5619 मानिसहरूहरूलाई राहत वितरण केन्द्रबाट सहायता प्राप्त भइरहेको छ। सरकारी आँकड़ा अनुसार बाढ़ीको कारणले असममा अहिलेसम्ममा तीनजना मानिसहरूको मृत्यु भएको पुष्टि भइसकेको छ। पशुधनमाथि पनि बाढ़ीको गहिरो प्रभाव परेको छ। मोठ 75,918 जनावरहरू प्रभावित भएका छन् जसमा 21,541 ठूलो जनावर, 9,616 सानो जानवर अनि 44,761 पोल्ट्री सामेल छन्।

घरहरूलाई पनि नोक्सान पुगेको छ। क्षतिग्रस्त घरहरूको संख्या 17 रहेको छ जसमा पूर्ण रूपले क्षतिग्रस्त कच्चा घर 15 तथा 2 पूर्ण रूपले क्षतिग्रस्त पक्का घर सामेल छ। प्रशासनले स्थितिमाथि निगरानी राखिरहेको छ साथै राहत कार्य लगातार भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande