मङ्पूमा गोरायुमो खरसाङ ब्राञ्च कमिटीको सांगठनिक सभा सम्पन्न
मङ्पूमा गोरायुमो खरसाङ ब्राञ्च कमिटीको सांगठनिक सभा सम्पन्न


खरसाङ, 01 जून (हि.स.)। गोर्खा राष्ट्रिय युवा मोर्चा, खरसाङ ब्राञ्च कमिटीका प्रतिनिधिहरूलाई लिएर आज मङ्पू पार्टी कार्यालयमा सांङ्ठनिक सभा सम्पन्न भयो। उक्त सभा गोरामुमो केन्द्रिय समिति सेक्रेटरी जनरल एनबी छेत्री उपस्थित रहेका थिए। गोरायुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष रुपेश छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभाम गोरायुमो कालेबुङ ब्राञ्च अध्यक्ष बुद्ध तामाङ, गोरायुमो कालेबुङका प्रतिनिधिहरू लगायत गोरायुमो खरसाङ ब्राञ्च कमिटीका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

सभामा वर्तमान राजनीतिक परिवेश, सांगठनिक गतिविधि, लगायत पार्टीको कार्यक्रमहरूलाई अघि बढाउनको निम्ति गोर्खा राष्ट्रिय युवा मोर्चाको कस्तो भूमिका हुनुपर्ने भन्ने विषयमा व्यापक छलफल गरिएको छ। सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै गोरायुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष रुपेश छेत्रीले भने, आजको सभामा गोरायुमो खरसाङ ब्राञ्च कमिटीका प्रतिनिधिहरूलाई लिएर एक गहन राजनीतिक चर्चा परिचर्चा गर्दै आगामी दिनहरुमा जनतामाझ राजनीतिक उपलब्धि र गोर्खा जातिको मुद्दा कहाँसम्म पुग्यो भन्ने विषयमा जानकारी गराउन युवाहरु अघि आउने छन्। विगतका दिनहरुमा ठूलो षड्यन्त्र रची गोर्खाहरुको भाग्य फुटाउने कार्य भयो, हामीलाई लथालिङ्ग बनायो।

उनले भने, जीटीए जस्तो अंसवैधानिक व्यवस्था भित्र्याएर हामीलाई लाचार बनायो। यसको नतिजा वर्तमान समयमा हामी समक्ष छर्लङ्ग छ। तर, अब सुर्ताउनु पर्दैन, बिगारेको, टुटाएको भाग्यलाई जोड्दै समाल्दै गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वमा जोड्ने कार्य भएको छ। अब बिगार्न दिनु हुँदैन। अब हामी दिदैनौं पनि। यसको निम्ति हामी चट्टान जस्तो खडा भएर अध्यक्ष मन घिसिङको साथमा उभिनेछौं।

रुपेश छेत्रीले सबैलाई अपील समेत गर्दै भने, हामी सबै एक भएर अंसवैधानिक व्यवस्थामा नभुलेर एक हुनुपर्छ। न्याय थाप्नेहरु पनि एक भएर अघि आउनुपर्छ, राजनीतिपछि गर्दा हुन्छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande