जलपाइगढ़ी, 01 जून (हि.स.)। लोकनाथ ब्रह्मचारीको 135औं पुण्यतिथिको अवसरमा राजंग ब्लकको अकारीगछ बनभासा आदि लोकनाथ मन्दिर कमिटीद्वारा विश्व शान्तिको निम्ति नगर भ्रमणको आय़ोजन गरियो।
आइतवार मन्दिर परिसरदेखि एक शोभायात्रा शुरू भयो, जुन गंडारमोड़, राधारबाड़ी, पुटीमारी, बलराम हुँदै लगभग दश किलोमीटरको भ्रमण गरी मन्दिर पुगेर समाप्त भयो। नगर भ्रमणमा भारी संख्यामा धर्मावलम्बी टोटो र बाइकमा सवार भएर सामे भए।
कमिटीका सचिव भवतोष दत्ताले भने, यहाँ लगभग 41 वर्षदेखि पूजाको आयोजन गरिँदैछ। लोकनाथ ब्रह्मचारीको 135औं पुण्यतिथिको अवसरमा विश्व शान्तिको कामनाको निम्ति यो नगर भ्रमण आयोजित गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी