अपरेशन 'घोस्ट सिम' अन्तर्गत थप अर्को मुख्य आरोपी पक्राउ, अहिलेसम्ममा पक्रा पर्नेहरूको संख्या पुग्यो एघार
अपरेशन 'घोस्ट सिम' अन्तर्गत थप अर्को मुख्य आरोपी पक्राउ, अहिलेसम्ममा पक्रा पर्नेहरूको संख्या पुग्यो एघार


गुवाहाटी, 1 जून (हि.स.)। अपरेशन 'घोस्ट सिम' अन्तर्गत संचालित अभियानमा ठूलो सफलता हासिल गर्दै स्पेशल टास्क फोर्स (एसटीएफ) असमले एसटीएफ थाना केस नम्बर 02/2025 मा थप एकजना मुख्य आरोपीलाई पक्राउ गरेको छ।

पुलिसले आइतवार बतायो, गए शनिवार राती एसटीएफ असम अनि धुबड़ी जिल्लाको संयुक्त टीमले कारबाही गर्दै मोस्तफा रहमान (29)-लाई पक्राउ गऱ्यो। यो कारबाही गजराज मिलिट्री इन्टेलिजेन्सद्वारा प्रदान गरिएको इनपुटको आधारमा गरिएको हो।

अपरेशन अवधि जफ्त गरिएका सामग्रीहरूमा एउटा ल्यापटप, दुईवटा मोबाइल फोन, तीनवटा माइक्रो एटीएम मशिन, एउटा बायोमेट्रिक डिभाइस, छःवटा एटीएम कार्ड, एघारवटा मतदाता पहिचान पत्र, एउटा आधार कार्ड तथा एउटा प्यान कार्ड सामेल छन्। यस पक्राउपछि अहिलेसम्ममा 'अपरेशन घोस्ट सिम' अन्तर्गत पक्रा पर्ने आरोपीहरूको संख्या एगार पुगेको छ। आरोपीहरूसित जाँचबुझ जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande