शुभममाथि हामीलाई गर्व छ- रिषड़ा चेयरम्यान
शुभममाथि हामीलाई गर्व छ- रिषड़ा चेयरम्यान


हुगली, 01 जून (हि.स.)। रिषड़ाका युवा फुटबलर शुभम भट्टाचार्य़को सम्मानमा आइतवार आयोजित एक कार्यक्रममा रिषड़ा नगरपालिकाका चेयरम्यान विजय सागर मिश्राले शुभमले रिषड़ाको गौरव बढ़ाएको बताएका छन्। शुभममाथि हामीलाई गर्व छ।

मिश्राले भऩे, म चाहन्छु, शुभमले राष्ट्रिय फुटबल टीमको नेतृत्व गरी रिषड़ाको मान अझ् बढ़ाओस्।

शुभम भट्टाचार्य़ले भने, आइतवार अगाड़ी कोलकातामा उनीहरूको क्याम्प लागिरहेको छ। त्यसपछि उनी कजाकिस्तानको साथ दुई फ्रेन्डली म्याचको निम्ति जानेछन्।

उल्लेख्य, रिषड़ाका युवा फुटबलरको हालमा भारतीय अण्डर 23 फुटबल टीममा चयन भएको छ, यसलाई लिएर रिषड़ाका खेल प्रेमीहरूमा खुशीको माहोल छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande