- काटिगोरामा एक होटलबाट समातियो दुई जना पुरूष, दुईजना महिला र तीन जना नानीहरू
कछार (असम), 12 जून (हि.स.)। असममा अवैध विदेशीहरू विरूद्ध सरकारले कड़ाई गरिरहेको समय कछार जिल्लाको काटिगोरा क्षेत्रबाट सात जना बंगलादेशी रोहिंग्या नागरिकहरूलाई पक्राउ गरिएको छ।
पुलिसले बिहीवार बतायो, काटिगराको चापलाई गेट क्षेत्रस्थित एक होटलमा चिया पिउन पसेका यी बंगलादेशीहरूलाई सनातन हिन्दू संगठनका सदस्य अनि स्थानीय ग्राम रक्षक बलका सदस्यहरूले शंकाको आधारमा रोकेर पुलिसलाई सूचित गरे। यिनीहरूमा दुई जना पुरूष, दुई जना महिला र तीन जना स-साना नानीहरू सामेल छन्। पुलिस जाँचबुझमा यिनीहरू सबैले आफूलाई बंगलादेशी बताएका छन्।
पुलिस अनुसार यिनीहरू सबै वर्ष 2012-मा अवैध रूपमा भारतमा प्रवेश गरेका थिए भने त्यस बेलादेखिकै अहिलेसम्म लुकेर बस्दै आएका थिए। यिनीहरूको पहिचान मोहम्मद जुबैर, मोहम्मद रशिद, रफिका बीबी औ समसेरा बीबीको रूपमा भएको छ भने नानीहरूको नाम हाल खुलासा गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा