डब्ल्यूबीएसएससी भर्ती मामला: 'योग्य' शिक्षकों ने फिर शुरू किया आमरण अनशन
डब्ल्यूबीएसएससी भर्ती मामला: 'योग्य' शिक्षकों ने फिर शुरू किया आमरण अनशन


कोलकाता, 13 जून (हि.स.)। पश्चिम बंगालमा राज्य सरकारद्वारा संचालित स्कूलहरूमा नियुक्त 'निर्दोष' अर्थात 'योग्य' शिक्षकहरूले फेरि एकपटक आमरण अनशन शुरू गरेका छन्। यो प्रदर्शन कोलकाताको सल्ट लेकस्थित पश्चिम बंगाल स्कूल सर्भिस कमिशन (डब्ल्यूबीएसएससी)-को कार्यालय सामु भइरहेको छ। यी शिक्षकहरूको नोकरी यसै वर्षको गत अप्रेल महिनामा सर्वोच्च न्यायालयको आदेशपछि रद्द गरिएको थियो।

शुक्रवार बिहान नयाँ शिराबाट शुर भएको यस अनशनमा 10 जना शिक्षकहरू सामेल भएका छन्। यो नयाँ आन्दोलन त्यसबेला शुरू भएको छ जतिबेला डब्ल्यूबीएसएससीद्वारा गत 30 मईमा रिक्त पदहरूलाई भर्ने प्रक्रियासित सम्बन्धित अधिसूचना जारी गरिएको छ।

प्रदर्शनकारी शिक्षकहरू 'योग्य शिक्षक-शिक्षिका अधिकार मञ्च'-को ब्यानरमा एकजुट भएका छन्। उनीहरूको भनाइ छ, उनीहरूले दोस्रो पटक कुनै पनि परीक्षा दिने छैनन्, किनभने उनीहरूले पहिला नै वैध अनि नियमानुसार परीक्षा उतीर्ण गरेका थिए। उनीहरूको दाबी छ, उनीहरू 'घूस दिएर नियुक्त भएका दोषी' उम्मेद्वारहरूको श्रेणीभित्र पर्दैनन्, तथापि सबै नोकरीहरूलाई सामूहिक रूपमा रद्द गरियो।

उनीहरूको दोस्रो तर्क छ, यदि सरकार अनि आयोगले पहिला नै निर्दोष र दोषी शिक्षकहरूको सूची अलग-अलग प्रकाशित गरेको भए कलकत्ता उच्च अदालतद्वारा सबै नियुक्तिलाई रद्द गरिँदनथ्यो।

यसरी शिक्षकहरू आमरण अनशनमा बसेको यो दोस्रो अवसर हो। यसपूर्व उनीहरूले गत 21 अप्रेलमा क्रमिक भोक हड़ताल शुरू गरेका थिए जसलाई 26 अप्रेलमा राज्य सरकारले बातचित गर्ने आश्वासन दिएपछि स्थगित गरिएको थियो। यद्यपि यसबीच उनीहरू आयोग कार्यालय सामु धरनामा बसिरहे।

एकजना प्रदर्शनकारी शिक्षकले भने, राज्य सरकारले हाम्रो एउटै मागमा पनि ध्यान दिएको छैन। कुनै ठोस आश्वासन दिइएको छैन। त्यसैले हामी पुनः आमरण अऩशन शुरू गर्न बाध्य भएका छौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande