गान्तोक, 13 जून (हि.स.)। सिक्किमले आफ्नो अभिभावक देवताको रूपमा पुज्दै आएको कञ्चनजङ्घा पर्वतमा आरोहणलाई लिएर उत्पन्न भएको विवाद चुलिॅंदै गइरहेको छ। सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभागले कञ्चनजङ्घा पर्वतको आरोहण सिक्किमबाट नभएर नेपालपट्टिबाट भएको स्पष्ट गरिसकेको छ। अर्कोतिर, सिक्किम भोटिया लेप्चा एपेक्स कमिटी (सिब्ल्याक) ले विभागको उक्त स्पष्टीकरणप्रति आपत्ति जनाउॅंदै यहॉं कुरो मार्गको नभएर ठाउॅंको रहेको बताएको छ।
सिब्ल्याक महासचिव साङ्गे ग्याछो भोटियाले राज्य पर्यटन विभागमाथि नेपालपट्टिबाट कञ्चनजङ्घा पर्वतको आरोहण भएको हो भन्ने न्यारेटिभ स्थापित गर्ने प्रयास भइरहेको बताए। तर, यहॉं कुरो नेपालपट्टिबाट आरोहण भयो कि भएन भन्ने नभएर कहॉं पुग्यो भन्ने रहेको उनले बताए। उनले नेपालपट्टिबाट आरोहण भएको भए तापनि कञ्चनजङ्घा पर्वत एउटै हो भनी बताए। उनले यहॉं बाटो महत्वपूर्ण होइन, कहॉं पुग्यो भन्ने कुरा महत्वपूर्ण रहेको बताए।
सिब्ल्याक महासचिवले पवित्र कञ्चनजङ्घा पर्वतमा अहिलेसम्म धेरैले आफ्नो पाइला टेकिसकेको र सिक्किमेहरूको आस्थाको हत्या गर्ने काम भइरहेको बताए। उनले कञ्चनजङ्घा पर्वत भारत देशको सबैभन्दा उच्च हिम शिखर रहेको र यसलाई कानूनको पनि संरक्षण प्राप्त रहेको बताए। कानूनको संरक्षण प्राप्त रहे तापनि कुन आधारमा जनताको आस्थासॅंग खेलवाड भइरहेको छ भन्दै उनले प्रश्न गरे।
मुख्यमन्त्रीले गृह मन्त्रालयलाई पत्राचार गरेर कञ्चनजङ्घा पर्वत आरोहणको मुद्दा उठाएको विषयलाई उनले स्वागत जनाउॅंदै यस मुद्दालाई गम्भीरतासॅंग अगाडि बढाइदिन अनुरोध गरे। उनले कञ्चनजङ्घा पर्वतमा आरोहण बन्द गर्न मुख्यमन्त्रीलाई कानूनी ढॉंचामा मुद्दालाई अगाडि बढाइदिन माग गरे।
अर्कोतिर, महासचिव भोटियाले 23 मई, 2025 का दिन पाकिस्तानी की एक महिला पर्वतारोही कञ्चनजङ्घा पर्वतको चुचुरोमा पुगेर पाकिस्तानको झण्डा फरफराइरहेको भिडियो सामाजिक सञ्जालमा भइरल भएको दाबी गरे। उनले भारतको कञ्चनजङ्घामा पाकिस्तानीकी एक पर्वतारोहीले कसरी पाकिस्तानको झण्डा फरफराइरहेकी छिन् भन्दै यसलाई देशकै सुरक्षाको निम्ति पनि खतरा ठहर गरे।
उनले यस सम्बन्धमा सिब्ल्याक संयोजक छितेन टाशी भोटियाले देशका प्रधानमन्त्री, गृहमन्त्री, विदेश मामिला मन्त्रालय, रक्षामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पत्राचार गरेर ध्यान आकर्षित गराएको र प्रधानमन्त्रीको हस्तक्षेपको माग गरेको जानकारी गराए।
यस अतिरिक्त, उनले आगामी 15 जूनको दिन ऐतिहासिक कबि लुङचोकमा कञ्चनजङ्घा पर्वतको शुद्धिकरणको निम्ति पूजा आयोजना गरिने बताउॅंदै सबैलाई पूजामा उपस्थित भइदिन आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल