कोलकाता, 12 जून (हि.स.)। दक्षिण-पश्चिम मनसुनमा एक सप्ताहको ढिल्याई-सुस्ती पश्चात मौसम विभागले फेरि गतिविधि हुने संकेत दिएको छ। बंगालको खाड़ीमा निर्मित नयाँ सिस्टम मनसुनी हावालाई पुनः गति दिनमा सहायक साबित हुनसक्छ।
पछिल्लो केही दिनदेखिको देशभरि नै दक्षिण-पश्चित मनसुन लगभग स्थिर थियो। तर अब मौसम विज्ञान विभागले जानकारी दिएको छ, आन्ध्र प्रदेश तट नजिक बंगालको खाड़ीको पश्चिम-मध्य भागमा एक चक्रवातीय परिसंचरण (सर्कुलेशन) विकसित भएको छ जसबाट मनसुनी हावामा पुनः गतिविधि भइरहेको देखिएको छ।
स्मरण गराइन्छ, यस वर्ष मनसुन सामान्य तिथि एक जूनभन्दा पहिला नै गत 24 मई केरलमा आइपुगेको थियो। त्यसपछि 29 मईमा यो द्रूत गतिमा उत्तर बंगालसम्म आइपुगेको थियो, तर यहाँदेखि देशका अन्य भागहरूमा यसको गति मन्द भयो। बितेको एक सातादेखि मनसुन लगभग ठप्प भएको थियो। फलस्वरूप दक्षिण बंगालमा प्रचण्ड घाम र भीषण गर्मीले मानिसहरूको बेहाल हुनेछ भने उत्तर बंगालमा वर्षाको सिलसिला जारी रहने विभागले बताएको छ।
मौसम वैज्ञानिकहरूको भनाइ छ, भारतमा मनसुनको आगमन चरणबद्ध रूपमा हुन्छ र यो निरन्तर प्रवाहमा आउँदैन। दक्षिणबाट आउने नम हावा समुद्री सिस्टमको प्रभावबाटै अगाड़ि बढ़्नसक्छ। पहिलो चरणपछि यदि समुद्रमा कुनै नयाँ सिस्टम निर्माण भएन भने मनसुनको गति रोकिन्छ। आन्ध्र प्रदेशको तटीय क्षेत्रमा निर्मित यस सिस्टमको कारणले अब मनसुनी हावा पुनः सक्रिय हुने सम्भावना प्रबल छ।
यसै सुस्तीको कारणले देशभरि नै अहिलेसम्ममा औसत वर्षा मात्र 26.4 मिलीमीटर भएको छ भने सामान्य औसत 40.1 मिलीमीटर हुन्छ। पूर्वी भारतमा पनि 93.3 मिलीमीटरको अपेक्षा मात्र 71.3 मिलीमीटर वर्षा दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा