बिलासीपाड़ाको भेरभेरीमा जाली नोट सहित दुई युवक पक्राउ
बिलासीपाड़ाको भेरभेरीमा जाली नोट सहित दुई युवक पक्राउ


धुबड़ी (असम), 12 जून (हि.स.)। धुबड़ी जिल्लान्तर्गत बिलासीपाड़ाको भेरभेरीमा गए राति जाली नोट सहित दुई जना युवकहरूलाई स्थानीय मानिसहरूले समातेर पुलिसलाई सुम्पिदिए।

पक्रा पर्ने युवकहरूको पहिचान बीटीआरको परउरा गाउँ निवासी आसिफ अली र हफिजुल शेखको रूपमा भएको छ। यी युवकहरू जाली नोटलाई चलाउनका लागि भेरभेरी बजारमा आएका थिए। भेरभेरीको एउटा पसल सामग्रीहरू खरिद गरेर पसलेलाई जाली नोट दिए।

युवकहरूको हातमा प्रचुर मात्रामा जाली नोट देखेर स्थानीय मानिसहरूले सापटग्राम पुलिसलाई सूचित गरे। पुलिसले घटनास्थलमा पुगेर जाली नोटको कारबार गर्ने युवकहरूलाई पक्राउ गऱ्यो।

पुलिसले युवकहरूबाट 20 वटा पाँच सयको जाली नोट, दुई वटा मोबाइल फोन र एउटा ई-रिक्शा जफत गरेको छ। पुलिसले आरोपीहरूसित जाली नोटको कारबारमा संलिप्त अन्य मानिसहरूको बारेमा पनि जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande