अनन्तनाग, 14 जून (हि.स.) उपराज्यपाल मनोज सिन्हाले शनिवार पहलगामको हापटनार्ड क्षेत्रमा भएको आतंकवादी हमलाको शिकार भएका सैयद आदिल हुसैनको घरको भ्रमण गरे। यस वर्षको गत 22 अप्रेलमा बैसरन उपत्याकामा भएको एक आतंकवादी हमलामा आदिल सहित 25 जना पर्यटकहरूको मृत्यु भएको थियो।
जानकारी अनुसार उपराज्यपालले आदिलको परिवारसित भेट गरी उनीहरूलाई सरकारको पक्षबाट हरसम्भव सहयोग गर्ने आश्वासन दिए। यस अवधि एलजीसित वरिष्ठ पुलिस अनि सिभिल अधिकारी उपस्थित थिए। वक्फ बोर्डले आदिलको बलिदानको सम्मानमा उसको भाइलाई नोकरी दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा