फतेहाबादमा पशु व्यापारीको छुरीले प्रहार गरेर हत्या
murder


फतेहाबाद, 14 जून (हि.स.)। फतेहाबादमा गए राति पैसाको लेनदेनमा एक पशु व्यापारीको घॉंटी रेटेर हत्या गरिएको छ। घटना रतियाको लांबा गाउॅंको हो। हत्याको आरोप मृतककै आफन्तमाथि लागेको छ।

पुलिसले व्यापारीकी पत्नीको शिकायतको आधारमा आफन्त र सहयोगीहरू विरुद्ध हत्याको मामिला दर्ता गरेको छ। मृतकको नाम विनोद कुमार (42) हो। उनले पशु ​किनबेचको काम गर्थे। उनको छिमेकी सुखदेव सिंहसॅंग पैसाको लेनदेनको कुनै मामिला थियो। यस विषयलाई लिएर शुक्रवार अबेर राति सुखदेव सिंह आफ्ना साथीहरू लिएर विनोद कुमारको घर पुगे। उनीहरूले विनोदमाथि छुरीले आक्रमण गरे। घॉंटी काटिएकाले उनको घटनास्थलमै मृत्यु भयो।

पशु व्यापारी विनोद कुमार र सुखदेव सिंह फुपू-मामाका छोराहरू हुन्। शव पोस्टमार्टमको निम्ति रतिया सिविल अस्पताल पठाइएको छ। पुलिसले आरोपीहरू विरुद्ध कानूनी कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande