सिलगढ़ी, 21 मई (हि.स.)। एनजेपी थानाको पुलिसले एउटा घरमा भएको दुस्साहसिक चोरीको मामिलामा महिलालाई पक्राउ गरेको छ। पक्रा पर्ने महिलाको नाम खुशबू दामी हो जो ईरानी बस्तीमा बस्छे।
सूत्र अनुसार सिलगढ़ी नगरनिगमको वार्ड नम्बर- 33 स्थित सुकान्तपल्ली शिवशक्ति कालीबाड़ी क्षेत्रमा गत 18 मईमा एउटा घरबाट दिउँसो चोरी भएको थियो। चोरीको घटना घरको सीसीटीभी क्यामरामा कैद भएकोथियो जहाँ स्पष्ट देखिएको थियो कि एकजना महिला दुईजना नानीहरूसित घरभित्र पस्छे अनि केही समयपछि घरबाट निक्लिन्छे। पछि परिवारका सदस्यहरूलाई घरमा चोरी भएको थाहा लाग्यो। त्यसपछि पीड़ित परिवारले एनजेपी थानामा सिकायत गऱ्यो।
सिकायतको आधारमा पुलिसले घटनास्थलमा पुगेर सीसीटीभी फुटेजको माध्यमबाट आरोपी महिलालाई चिन्हित गऱ्यो। त्यसपछि साउथ कलोनी क्षेत्रबाट ती महिलालाई पक्राउ गरियो। एनजेपी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा