आफन्लेतले इन्स्टाग्राममा महिलाको न्युड फोटो सेयर गरेपछि मुद्दा दर्ता
आफन्लेतले इन्स्टाग्राममा महिलाको न्युड फोटो सेयर गरेपछि मुद्दा दर्ता


महोबा, १८ मार्च (हि.स.)। युपीको महोबा जिल्लामा एक महिलाको अश्लील फोटो उसका आफन्तले नै इन्स्टाग्राममा सेयर गरिदिएको घटना बाहिर आएको छ र विरोध गरेपछि उसले पीडित महिलालाई र उनका परिवारजनलाई ज्यानले मार्ने धम्की दिएको आरोप लागेको छ। उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गरी घटनाबारे जांच शुरु गरेको छ।

जिल्लाको अजनर थानामा पर्ने एक गाउँकी पीडित महिलाले बताइन्, मैनपुरी जिल्लाको किशनी थाना क्षेत्रअन्तर्गत पत्तापुरका बस्ने उनकी सानी बहिनीको देवर बबलू यादवले उनलाई लगातार सताउने गरेका छन्। आरोपीले उनको न्युड फोटो इन्स्टाग्राममा अपलोड गरिदिएको छ, जसले गर्दा उनको बदनामी भइरहेको छ। यसको विरोध गर्दै रोकेपछि सो धाकधम्कीपूर्ण स्वभावको आफन्तले उनलाई र उनका परिवारजनलाई ज्यानले मारिदिने धम्की दिइरहेको छ। धेरैपटक मनाउँदा र रोक्दा पनि उसले आफ्नो बानी नछोडेपछि महिलाले थानामा जानकारी दिएकी हुन्।

बुधबार अजनर थाना प्रभारी सुभाषचन्द्रले बताए अनुसार, महिलाको लिखित उजुरीका आधारमा मुद्दा दर्ता गरिएको छ र घटनाको जांच गरी आवश्यक कारबाही गरिनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande