गुवाहाटी, 16 जून (हि.स.)। असमिया भाषा औ साहित्यको रक्षार्थ निःस्वार्थ भावले काम गर्ने महान असमिया आनन्दराम ढेकियाल फुकनको स्मृति दिवसमा आज उनलाई स्मरण गर्दै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आफ्नो श्रद्धाञ्जलि अर्पण गरेका छन्।
मुख्यमन्त्री डा. सरमाले सोशल मीडियामा एउटा पोस्ट शेयर गर्दै भनेका छन्, आनन्दराम ढेकियाल फुकनको अमूल्य योगदानको लागि हरेक असमिया कृतज्ञ हुनुपर्छ। उनले भनेका छन्, आउनुहोस् हामी सबै मिलेर ढेकियाल फुकनदेवको कार्यबाट प्रेरित भएर जातिको भाषा अनि साहित्यको रक्षा, सम्वर्द्धन एवं विस्तारको निम्ति कदम उठाऔं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा