गुवाहाटी, 2 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, शिशु साहित्य समाजको दर्पण हो। यसले बाल-बालिकाहरूको मानसिक एवं वौद्धिक विकासलाई दिशा दिन्छ साथै समाजलाई जान्न र बुझ्नमा उनीहरूको सोंचलाई गहिराई प्रदान गर्दछ। उनले भने, असममा बाल साहित्यलाई समृद्ध बनाउनमा केही प्रतिष्ठित साहित्यकारहरूको योगदान रहेको छ।
मुख्यमन्त्रीले सोमवार जानकारी गराए, हिजो श्रद्धेय प्रफुल्ली तालुकदारले उनलाई आफ्नो पुस्तक 'शिशु साहित्य समग्र' -को एक प्रति भेंट गरिन्। उनले यस साहित्यलाई बाल-बालिकाहरूको लागि अत्यन्त मूल्यवान बताउँदै अघि भने, यो पुस्तक निश्चित रूपमा उनीहरूको लागि एक अमूल्य धरोहर साबित हुनेछ।
मुख्यमन्त्रीले लेखिकालाई धन्यवाद दिँदै अभिभावकहरूसित अपील गरे, उनीहरूले आफ्ना नानीहरूलाई यसप्रकारको साहित्य पढ़्नका लागि प्रेरित गरून् जसबाट उनीहरूको मानसिक अनि रचनात्मक विकास हुन सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा