ब्यारकपुर, 02 जून (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता औ पूर्व सांसद अर्जुन सिंहले सोमवार विवादहरूमा घेरिएका तृणमूल कंग्रेसका नेता अनुव्रत मण्डलको पक्षमा बोल्दै बंगाल पुलिसमाथि धारिलो प्रहार गरे।
आफ्नो बयानमा अर्जुन सिंहले भने, बंगाल पुलिससित जे भइरहेको छ त्यो राम्रै भइरहेको छ। उ यस्तै योग्यको छ। वर्षौंदेखि राजनीतिक पक्षपात अनि अन्यायपूर्ण कार्यप्रणालीमा लिप्त पुलिस बलले अब त्यसैको परिणाम भोगिरहेको छ।
तथापि यस सम्बन्धमा तृणमूल कंग्रेसको तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन। अनुव्रत मण्डलको नाम पश्चिम बंगालको राजनीतिमा नयाँ नाम होइन। उनी पहिला पनि पशु तस्कर, धनशोधन तथा राजनीतिक धम्की जस्ता आरोपहरूको कारणले केन्द्रिय जाँच एजेन्सीको घेराभित्र परिसकेका छन्। ताजा भीडियोले फेरि एकपटक उनलाई विवादहरूको केन्द्रमा उभ्याएको छ।
अर्जुन सिंहले पुलिसको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै भने, बंगाल पुलिसले लामो समयदेखिकै सत्ताको इशारामा काम गरिरहेको छ। उनले आरोप लगाए, पुलिसले निष्पक्षता छोड़ेर राजनीतिक हित साधनलाई प्राथमिकता दिएको छ। अहिले पुलिसको विरोधमा जाँच अनि कारबाही भइरहेको छ भने यो “प्राकृतिक न्याय” हो।
उनले भने, कानूनदेखि माथि कोही पनि छैन न नेता, न अधिकारी। आज यदि पुलिस प्रश्नहरूको घेराभित्र छ भने त्यो उसैको व्यवस्थाको अंंग हो जुन वर्षौंदेखिको विपक्षको आवाजलाई दबाउनको लागि लागिपरेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा