कोलकाता, 02 जून (हि. स.)। भारत-बंगलादेशको दक्षिणी सीमामा बितेको एक महिनाभित्रमा सीमा सुरक्षा बल (बीएसएफ)-ले तस्करीको मामिलामा ठूलो सफलता दर्ता गरेको छ। बीएसएफद्वारा भिन्न-भिन्न रूपमा संचालित अभियानको क्रममा लगभग 6.5 करोड़ रुपियाँको सुन, चाँदी र मादक पदार्थ जफ्त गरिएको छ।
यो अभियान मुख्य रूपमा उत्तर 24 परगना, नदिया र मुर्शिदाबादका सीमावर्ती क्षेत्रहरूमा संचालन गरिएको थियो। यस अवधि तस्करहरूलाई पनि पक्राउ गरिएको छ। अधिकांश मामिलामा यी वस्तुहरू बंगलादेश पठाइँदैथ्यो भने अन्य मामिलाहरूमा बंगलादेशदेखि भारतमा भित्राउने चेष्टा भइरहेको थियो।
बीएसएफद्वारा सोमवार बिहान जारी बयानमा बताइएको छ, बितेका केही दिनदेखिको भारत-पाक संघर्ष विरामपछि सीमावर्ती क्षेत्रमा निगरानीलाई अझ कड़ा बनाइएको छ। यसै क्रममा केही दिनअघि बीएसएफले मुर्शिदाबाद जिल्लाको सीमावर्ती गाउँ जुन समशेरगञ्ज थाना अन्तर्गत पर्दछ,-बाट एक संदिग्ध ड्रोनलाई भारतीय क्षेत्रमा तल झारियो।
भनिन्छ, यो ड्रोन भारतीय सीमाको दुई किलोमीटरभित्र उड़िरहेको थियो भने यसको रेञ्ज लगभग 400-500 मीटर थियो। यो ड्रोन लगभग 20 मिनटसम्म आकाशमा घुमिरह्यो जसमा क्यामरा जड़ान गरिएको थियो। बीएसएफ अधिकारीहरूले आशंका व्यक्त गरेका छन्, यसलाई भीडियो शुटिंग गर्नको लागि उड़ाइएको होला। सुरक्षा कारणले यसलाई शमशेरगञ्ज थानामा जमा गरिएको छ।
दक्षिण बंगाल सीमाका बीएसएफ जनसम्पर्क अधिकारीले बताए, मादक पदार्थहरूको दुरूपयोग तथा सीमामा भइरहेको तस्करीलाई रोक्ने दिशामा बीएसएफको यो ठूलो सफलता हो। जवानहरूको सतर्कता अनि तत्काल कारबाहीको कारणले तस्करहरू अब लकातार हतोत्साहित भइरहेका छन्। सीमामा बीएसएफ हरेक दृष्टिकोणले सतर्क छ। यसप्रकारको कुनै पनि अवैध गतिविधिलाई रोक्नको लागि पूर्ण रूपले सक्षम र प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा