दुर्गापुर, 02 जून (हि.स.)। दुर्गापुरको महकुमा अस्पतालमा गए आइतवार राती एउटा ठूलो घटना भयो जतिबेला अस्पतालको आपतकालीन विभागमा कथित रूपमा तोड़फोड़ गरियो। यस घटनामा सामेल रहेको आरोपमा बिधान नगर फाड़ीको पुलिसले 4 जना मानिसहरूलाई पक्राउ गरेको छ भने अन्यलाई खोजिरहेको छ।
स्मरण गराइन्छ, गए अबेर राती बाइक दुर्घटनामा घाइते एकजना युवक उपचारको निम्ति अस्पतालमा आए। युवकसित उसका 17 जना साथीहरू पनि आएका थिए जसले दाबी गरे, उनीहरू घाइते युवकका साथीहरू हुन्। प्राथमिक उपचारपछि घाइते युवकलाई इन्जेक्शन लगाउनको लागि अर्को कोठामा पठाइयो।
आरोप छ, घाइते युवकका साथीहरू बलजफ्ती एकैसाथ इन्जेक्शन रूपमा प्रवेश गर्ने प्रयास गर्न थाले। सुरक्षा कर्मीहरूले रोक्दा उनीहरूले अस्पतालमा तोड़फोड़ गर्न थाले।
यो पनि आरोप छ, घाइते युवकका साथीहरू नशामा थिए। उनीहरूले अस्पतालका म्यानेजर मोहन मुर्मूमाथि पनि हमला गरे। मोहन मुर्मूले भने, हामीलाई सुरक्षाको ठूलो अभाव महसूस भइरहेको छ। राती 11:30 बजेदेखि लगभग बिहान 2-2:30 बजेसम्म लगातार अशान्ति अनि तोड़फोड़ भइरह्यो। यस्तो स्थितिमा अस्पतालमा काम गर्नु गाह्रो हुन्छ।
घटनाको जानकारी पाउनसाथ अस्पताल प्रशासनले स्थानीय पुलिसलाई सूचित गऱ्यो, त्यसपछि पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। यस घटनापछि अस्पतालका चिकित्सक, नर्स अनि स्वास्थ्यकर्मीहरू भयभित भएका छन्। सबैले अस्पतालमा सुरक्षा व्यवस्थालाई सुदृढ़ बनाउने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा