गुवाहाटी, 2 जून (हि.स.)। असममा बाढ़ीको स्थिति लगातार गम्भीर बन्दै गइरहेको छ। डिजास्टर रिपोर्टिंग एण्ड इन्फरमेशन म्यानेजमेन्ट सिस्टमद्वारा जारी रिपोर्ट अनुसार राज्यका 19 वटा जिल्लाहरू बाढ़ीबाट प्रभावित भएका छन्। बाढ़ीको चपेटमा परेर बितेको 24 घण्टाभित्रमा दुईजना मानिसहरूले ज्यान गुमाइसकेका छन् जसमा एकजना महिला कछार जिल्लाको अनि एकजना पुरुष श्रीभूमि जिल्लाका हुन्।
केन्द्रिय जल आयोग (सीडब्ल्यूसी)- द्वारा गए आइतवार राती जारी बुलेटिन अ्नुसार ब्रह्मपुत्र (डिब्रुगढ़ र निमातीघाट), धनसिरी (नुमलीगढ़), कपिली (कामपुर), काटाखाल (माटीजुरी), बराक (बीपी घाट) तथा कुशियारा (श्रीभूमि) नदीको जलस्तर बढ़ेर खतराको निशानभन्दा माथि पुगेको छ।
रिपोर्टमा बताइएको छ, 56 वटा राजस्व सर्कल अन्तर्गत 764 वटा गाउँहरू प्रभावित भएका छन्। लगभग 3.64 लाख मानिसहरू बाढ़ीद्वारा प्रभावित भएका छन् भने 3524.38 हेक्टेयर फसल क्षेत्र जलमग्न भइसकेको छ।
राज्य सरकारद्वारा 52 वटा राहत शिविर औ 103 वटा राहत वितरण केन्द्रहरू खोलिएको छ। 155 वटा केन्द्रहरूमा 10,272 मानिसहरूले शरण लिएका छन् भने 45,331 मानिसहरूले शिविरदेखि बाहिर राहत सामग्री प्राप्त गरिरहेका छन्।
रिपोर्ट अनुसार 2,35,193 वटा पशुहरू प्रभावित भएका छन् जसमध्ये 71,538 ठूलो पशु, 40,017 सानो पशु तथा 1,23,638 पोल्ट्री सामेल छन्। अहिलेसम्ममा 696 वटा पशुहरू (12वटा ठूलो, 28 वटा सानो औ 656 वटा पोल्ट्री) बगिसकेका छन्।
बाढ़ीले अहिलेसम्ममा 53 वटा घरहरूलाई क्षतिग्रस्त बनाइसकेको छ जसमा 45 वटा कच्चा घर 8 वटा पक्का घर सामेल छन्। यस अतिरिक्त 969 घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् जसमा 901 कच्चा र 68 पक्का घर छन्। प्रशासन राहत अनि बचाउ कार्या जुटेको छ। बाढ़ प्रभावित क्षेत्रहरूमा निरन्तर निगरानी राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा