नयाँ दिल्ली, 2 जून (हि.स.)। पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले सोमवार राजौरी गार्डन विधानसभा क्षेत्रमा चारवटा सड़कहरूको निर्माण कार्यको शुभारम्भ गरे। उनले भने, यसबाट मानिसहरूले राहत पाउनेछन्। यस आशयको जानकारी मन्त्रीले सोशल मीडिया एक्समा साझा गरे।
मन्त्री मनजिन्दर सिंह सिरसाले भने, यहाँको मड्डी भएको गल्ली होस् वा डी- ब्लकको कलोनी, हरेक गल्ली, हरेक सड़कले अब विकासको नयाँ कथा सुनाउनेछ। यी कार्यहरूको पछाड़ि प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टि र मुख्यमन्त्री रेखा गुप्ताको सशक्त नेतृत्व रहेको छ। उनले भने, जनताको सहयोग अनि आशीर्वादबाटै यो विकास यात्रा अगाड़ि बढ़्नेछ।
यसपूर्व पर्यावरण मन्त्रीले आज नवजीवन स्कूलमा वृक्षरोपण गरे। उनले भने, वृक्ष रोपण गर्दा बाल-बालिकाहरूले आँखामा हरियालीको सपना देख्नुपर्छ। विश्व पर्यावरण दिवसको यस सप्ताहमा मन्त्रीले प्रकृतिसितको प्रेमलाई शब्दहरूमा मात्र नभएर काममा परिणत गर्ने संकल्प लिएका छन्।
उनले भने, पर्यावरणको रक्षा एकदिनको अभियान मात्र होइन जबकि यो एक जीवनशैली हो। उनले भने, रूख रोप्नु, पानी बचाउनु अनि धरतीलाई संवेदनशील भएर हेर्नु असली विकसित भारत औ विकसित दिल्लीको सपना हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा