कोलकाता, 02 जून (हि. स.)। बेहाला क्षेत्रमा सोमवार बिहान भएको सड़क दुर्घटनामा 46 वर्षीय महिलाको मृत्यु भयो। मृतका रायदिघीदेखि धर्मतला गइरहेकी थिई। पुलिस सूत्र अनुसार मृतकाको पहिचान यमुना मण्डलको रूपमा भएको छ। दुर्घटना बेहालाको सखेर बजार मोड़मा बिहान लगभग 9:30 बजे भएको हो जतिबेला तिनी अन्य दिन जस्तै बसबाट उत्रिरहेकी थिई। बसबाट उत्रिँदा सन्तुलन गुमाएर सड़कमा लड़िन् अनि बसको पछिल्लो चक्का महिलामाथि चढ़्यो।
घटनाको जानकारी पाउनसाथ ठाकुरपुकुर थानाो पुलिस घटनास्थलमा पुगेर महिलालाई तत्काल बेहालाको विद्यासागर अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसले बसलाई जफ्त गरेको छ। साथै परिवारलाई पनि सूचित गरेको छ।घटनाको कारणले केही समयसम्म यातायात बाधित रह्यो। प्रत्यक्षदर्शीहरूले बताए, घटनास्थलमा प्रायजसो नै ट्राफिक पुलिस तैनाथ रहन्छ, तर दुर्घटना भएको समय त्यहाँ कोही पनि थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा