पश्चिम मेदिनीपुर, 02 जून (हि.स.)। जिल्लाको पिंगला विधानसभा अन्तर्गत खड़गपुर दुई नम्बर ब्लकमा अवस्थित खड़गपुर-कोलकाता राष्ट्रिय राजमार्ग- 16 मा कृष्णानगर पार्किंग नजिकै सोमवार भोर बिहान कारहरूले भरिएको एउटा कन्टेनर ट्रक आगोको चपेटमा पऱ्यो। यस भयानक आगोले कन्टेनरलाई मात्र नभएर त्यसमा राखिएका आठवटा नयाँ कारहरूलाई पनि नष्ट बनाइदियो।
प्राप्त जानकारी अनुसार सोमवार भोर बिहान लगभग 4 बजे कोलकाता तर्फ गइरहेको कन्टेनरमा अचानक आगो लाग्यो। हेर्दा-हेर्दै कन्टेनर ह्वार-ह्वारती जल्न थाल्यो। आगोले कन्टेनरभित्र रहेका आठवटा नयाँ कारहरूलाई पनि आफ्नो चपेटमा लियो। आगलागीको खबर पाउनसाथ दमकल वाहन घटनास्थलमा पुग्यो। लगभग दुई घण्टाको परिश्रमपछि आगोलाई नियन्त्रण गरियो। पछि कन्टेरलाई हटाइएपछि यातायात पनि सामान्य भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा