डीजीपी सचदेवले लाचुङमा फसेका पर्यटकहरूलाई फिदाङमा स्वागत जनाए
डीजीपी सचदेवले लाचुङमा फसेका पर्यटकहरूलाई फिदाङमा स्वागत जनाए


मंगन, 02 जून (हि.स.)। सिक्किम पुलिसका महानिदेशक (डीजीपी) अक्षय सचदेवले उत्तर सिक्किममा फसेका पर्यटकहरूको निकासी प्रक्रियाको व्यक्तिगत रूपमा देखरेख गरे। विशेष रूपमा डीजीपी सचदेवले लाचुङबाट फर्किरहेका पर्यटकहरूलाई स्वागत जनाएका छन्।

डीजीपी सचदेव, आईजीपी कानून एवं व्यवस्था टाशी वाङ्ग्याल, डीआईजी रेन्ज, गान्तोक प्रताप प्रधान र मंगन जिल्लाका पुलिस अधीक्षक सोनाम डी. भोटियाले फिदाङमा पुगेर लाचुङबाट फर्किरहेका पर्यटकहरूलाई स्वागत जनाए।

पर्यटकहरूले पनि सिक्किम सरकार र निकासी प्रक्रियामा संलग्न सबै एजेन्सीहरूप्रति कृतज्ञता प्रकट गरेका छन्।

उल्लेखनीय छ, लगातार रूपमा परिरहेका वर्षाका कारण उत्तर सिक्किमलाई जोड्ने मुख्य मार्गका विभिन्न ठाउॅंहरूमा पैह्रो झरेपछि वाहनहरूको आवागमन बन्द भएको थियो। हिजो सॉंझसम्म सडक सम्पर्क पुन: स्थापित भएपछि आज बिहानदेखि फसेका पर्यटकहरूको निकासी कार्य शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande