खरसाङ स्कूल अफ् म्युजिकको 18औं वार्षिक कन्सर्ट सम्पन्न
खरसाङ स्कूल अफ् म्युजिकको 18औं वार्षिक कन्सर्ट सम्पन्न


खरसाङ, 02 जून (हि.स.)। खरसाङ स्कूल अफ् म्युजिकको 18औं वार्षिक कन्सर्ट खरसाङको राज राजेश्वरी हलमा आयोजना गरियो। उक्त वार्षिक कन्सर्टमा प्रायः 60 जना विद्यार्थीहरूले कीबोर्ड, गीटार, ड्रम्सका एन्सेम्बलहरू साथै सोलो प्रस्तुत गरेका थिए।

यस वर्षको विषय वस्तु 'गोर्खा रक्स' थियो। 2002 देखि यता कसरी नेपाली भाषामा रक गीतहरू पहाडका रक ब्याण्डहरूले गाउन थालेका थिए भन्ने विषयलाई लिएर स्कूलका विद्यार्थीहरूको तीनवटा ब्याण्डहरूले मन्त्र व्याण्डको 'तिमी बिना', चक्र व्याण्डको 'मायालु' र रिइन्कारनेशन व्याण्डको 'हिजसम्म' जस्ता प्रसिद्ध गीतहरू सुन्दर ढंगमा प्रस्तुत गरेका थिए। यस कार्यक्रममा अर्को विशेष आकर्षण युवतीहरूको ब्याण्ड थियो।

यस व्याण्डको सानो ड्रमर, डुइड को असाधारण प्रस्तुतिले सबै दर्शकको मन जित्न सफल भएको थियो। कार्यक्रममा ट्रिनिटी, लण्डन ग्रेड परीक्षामा उत्कृष्ट अंक ल्याउने 14 जना विद्यार्थीहरूलाई मुख्य अतिथिको रुपमा उपस्थित सभासद श्याम शेर्पाको बाहुलीबाट मार्कसीट र स्मृति चिन्ह प्रदान गरियो। यसका साथै खरसाङ स्कूल अफ् म्युजिकको मूल खाबाहरू मुखिया परिवारलाई अभय मनेन र परिवारबाट सम्मान जनाइएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande