मंगन, 02 जून (हि.स.)। उत्तर सिक्किममा फसेका पर्यटकहरूको सोमवार बिहानदेखि निकासी कार्य शुरू भएको छ। गत 29 मई राति परेको भारी वर्षापछि उत्तर सिक्किमलाई जोड्ने मुख्य मार्गमा विभिन्न ठाउॅंमा पैह्रो झरेपछि वाहनहरूको आवागमन बन्द भएको थियो। यातायात बन्द भएपछि उत्तर सिक्किमका विभिन्न ठाउॅंहरूमा घुम्न गएका हजारौं पर्यटकहरू फसेका थिए।
आज बिहान लगभग आठ बजीदेखि मंगन जिल्ला प्रशासनको अगुवाई र पुलिस, सेना, बीआरओ, आईटीबीपी, वन विभाग, लाचुङ जुम्सा, टास, एसएचआरए, चालक संगठनहरू र पर्यटन हित धारकहरूको संयुक्त पहलमा फसेका पर्यटकहरूलाई निकाले कार्य शुरू गरियो। जिल्लापाल अनन्त जैन स्वयंले पर्यटकहरूको वाहनको कन्भोयलाई अगुवाई गरेका थिए।
जानकारी अनुसार, 1678 पर्यटकहरू लिएर कूल 284 वाहन थेङ चेकपोस्ट पार गरेर फिदाङतर्फ अगाडि बढिसकेको छ। जिल्लापाल अनन्त जैनले फसेका पर्यटकहरूको निकासी प्रक्रियामा संलग्न सबैको प्रयासको सराहना गरेका छन्।
उनले लाचुङमा फसेका पर्यटकहरूलाई आज लाचुङ, चुङथाङ, सिपग्येर, फिदाङ मार्ग भएर गान्तोक पठाइने छ। उनले लाचेनमा सडक सम्पर्क पुन: स्थापित गर्न प्रयास चलिरहेको जानकारी गराएका छन्। उनले यातायातको निम्ति मार्ग तयार भएपछि लाचेनबाट पनि फसेका पर्यटकहरूलाई निकालिने जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / बिशाल