वाशिङ्गटन, 02 जून (हि.स.)। संयुक्त राज्य अमेरिकाको दक्षिणी केलिफोर्नियामा दुई पुलिस अधिकारीमाथि शनिवार राति घात लगाएर हमला गरियो। यस हमलामा एक अधिकारीको मृत्यु भयो। यो गोलीबारी लस एन्जल्स काउन्टीको बाल्डविन पार्क शहरमा प्रशान्त समयानुसार साझँ 7.12 बजी भयो।
एबीसी न्यूजको खबर अनुसार, लन्स एन्जेल्स काउन्टीका शेरिफ रबर्ट जी लूनाले आइतवार मध्यरातमा प्रेस कन्फ्रेन्समा भने, दुवै पुलिस अधिकारीको चेताउनीमा संदिग्धले उनीहरूमाथि गोली चलायो। बाल्डविन पार्कका मेयर एलेजान्द्रा एविलाले भनिन्, हमलामा पुलिस अधिकारी सैमुअल रिवरोसको मृत्यु भयो।
लस एन्जेल्स काउन्टी शेरिफ विभागले रिवरोसलाई लिंकन हाइट्समा लस एन्जेल्स जनरल मेटिकल सेन्टर लग्यो। सेन्टरका डाक्टरहरूले उनलाई मृत घोषित गरे। बाल्डविन पुलिस विभागले शोक व्यक्त गर्दै भन्यो, सैमुअल रिवेरोस बहादुर पुलिस अधिकारी थिए। उनी हाम्रो स्मृतिमा सदैव जीवित रहनेछन्।
गोलीबारीमा घाइते पुलिस अधिकारी एन्थनी पिमेन्टेलको लस एन्जेल्स जनरल मेडिकल सेन्टरमा उपचार भइरहेको छ। लन्स एन्जेल्स काउन्टीका शेरिफ रबर्ट जी लूनाले भने, संदिग्धलाई हिरासतमा लिइएको छ। उदेखि राइफल जफत गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी