तेल अवीव, 31 मई (हि.स.)। इजराइली रक्षा बल (आईडीएफ) ले गत 13 मईमा गाजाको दक्षिणी क्षेत्र खान यूनिसमा गरिएको एक अत्यन्तै सठीक हवाई हमलामा हमासको वरिष्ठ नेता मुहम्मद सिनवार मारिएको पुष्टि गरेको छ। यस हमलामा 30 सेकेन्डमा 50 भन्दा अधिक बम झारिएको थियो।
आईडीएफ अनुसार, यो हमला खान यूनिस स्थित यूरोपीय अस्पताल मुनि फैलेको हमासको भूमिगत सुरंग नेटवर्क र कमान्ड सेन्टरलाई लक्ष्य बनाएर गरिएको थियो। हमलामा सिनवार बाहेक राफा ब्रिगेडको कमान्डर मुहम्मद शबाना र दक्षिण खान यूनिस बटालियनको कमान्डर महदी क्वारा पनि मारियो। सेनाले यो पनि दाबी गऱ्यो कि सबै मिसाइलहरू सठीक थिए औं अस्पताललाई कुनै नोकसान भएन।
यस पुष्टिपछि इजराइलका रक्षा मन्त्री इसराइल कात्जले एक तीखो बयान जारी गरे। उनले भने, अब यो आधिकारिक हो कि हत्यारा मुहम्मद सिनवार, राफा ब्रिगेड प्रमुख मुहम्मद शबाना, उसका साथीहरूको साथ मारियो। उसलाई आफ्नो भाई कहाँ नर्कको द्वारमा पठाइयो।
कात्जले अगाड़ी चेताउनी दिँदै भने, हमासको गाजा सिटी कमान्डर इज्ज अल-दीन हद्दाद र विदेशमा बसेको नेता खलील अल-हय्या तथा उसका अन्य साथी पनि तयार रहोस्, आगामी पंक्तिमा तपाईहरू छन्।
हिन्दुस्थान समाचार / भवानी थामी