न्यूयार्क, 27 मई (हि.स.)। कांग्रेसनल ब्ल्याक ककसका संस्थापक सदस्यहरूमा सामेल र अमेरिकी कांग्रेसको शक्तिशाली हाउस वेज एण्ड मीन्स कमिटीका प्रथम अफ्रीकी-अमेरिकी अध्यक्ष चार्ल्स रैंगलको सोमवार निधन भयो। उनको आयु 94 वर्ष थियो। सिटी कलेज अफ न्यूयार्कद्वारा जारी एक बयानमा उनको निधनको पुष्टि गरियो।
चार्ल्स रैंगलको राजनीतिक जीवन अद्वितीय रह्यो। उनी कोरियन युद्धको अनुभवी सैनिक थिए र उनले 1970 मा प्रसिद्ध हार्लेम नेता एडम क्लेटन पावेललाई हराएर अमेरिकी कांग्रेसमा प्रवेश गरे। यसपछि उनले लगातार 45 वर्षसम्म न्यूयार्कवासीहरूको सेवा गरे औं 2016 मा सार्वजनिक जीवनबाट सन्यास लिए।
सीनेट अल्पसंख्यक नेता चक शूमरले एक्समा चार्ल्स रैंगललाई श्रद्धाञ्जलि दिए औं भनेका छन्, चार्ल्स रैंगल एक महान व्यक्ति, साँचो मित्र र नेता थिए, जसले कहिलेपनि आफ्ना मतदाताहरूका लागि लड्न छोड़ेनन्।
शूमरले अगाड़ी भने, चार्ल्स रैंगलको उपलब्धीहरू अगन्ती छन् र उनले विश्वलाई पहिलेको भन्दा अझ् राम्रो बनाए। उनले सामाजिक न्याय, रंगभेद समानता र कर प्रणाली सुधारहरूको क्षेत्रमा अमेट छाप छेड़े। उनी अमेरिकामा अश्वेत नेतृत्वको प्रतीक थिए र उनले राजनीतिक परिधिमा धेरै बाधाहरू तोड़े।
हिन्दुस्थान समाचार / भवानी थामी