साक्षात्कारः जीवनमा आमाको भूमिकालाई अदेखा गर्न मिल्दैन- काजोल
काजोल


मुम्बई, 25 जून (हि.स.)। बलीवुडकी हँसिलो र स्पष्टवक्ता अभिनेत्री कालोजले आफ्नो खास अन्दाजले सालौंदेखि दर्शकहरूको मनोरञ्जन गर्दै आइऱहेकी छन्। अब उनी फिल्म 'मां' को माध्यमले हरर जनरमा कदम राख्न गइरहेकी छन्, जुन 27 जूनमा सिनेमाघरहरूमा रिलीज हुनेछ। फिल्म रिलीज हुन अगाड़ी काजोलले 'हिन्दुस्थान समाचार' सित खास कुराकानी गरिन्। उनले फिल्मको शूटिङसित सम्बन्धित केही रोचक कुराहरू साझा गरिन् औं आफ्नो करियरका भिन्न-भिन्न पहलुहरूमाथि खोल्लिएर कुरा गरिन्।

यस कुराकानीका केही खास अंश यस प्रकार छ-

यो तपाईको पहिलो हरर फिल्म हो, तपाईलाई यस कथाले किन आकर्षित गऱ्यो ?वास्तवमा यो फिल्म शुरूआतमा एक हरर फिल्मको रूपमा बनाइएको थिएन। म कहाँ एउटा कन्सेप्ट आएको थियो, जुन काली र रक्तबीजको कथामाथि आधारित थियो। यो कथा मलाई सानैदेखि धेरै प्रिय रहेको छ, जसलाई म सदैव सुन्दै आइरहेकी छु। यदि आजको समयमा यस्तो कुनै घटना घटे के हुनेछ भनी जब मलाई विचार आयो तब मलाई यो आइडिया धेरै नै रोमाञ्चक लाग्यो। हामीले पहिले तय गरेका थियौं कि यसलाई एक थ्रिलर फिल्म सरह लेखियोस्। जब फिल्मको स्क्रिप्ट पूरा भयो तब हामीलाई महसूस भयो कि यस कथाको गहराई र प्रभावलाई दर्शकहरूसम्म पुऱ्याउनका लागि यसलाई एक हरर-थ्रिलरको रूपमा पेश गर्नु सही रहनेछ।

असल जिन्दगीमा आमाको भूमिका कति बदलेको छ ?मलाई लाग्छ कि असल जिन्दगीमा आमाको भूमिका आज पनि धेरै जसो त्यस्तै छ, जस्तो पहिला थियो। जहिलेपनि कसैले गलत काम गर्छ, तब सबैभन्दा पहिला भनिन्छ कि के तिम्रो आमाले तिमीलाई केही सिकाइनन् ? हाम्रो समाजको सोचमा आमाको भूमिका गहिरो रूपमा स्थापित छ। संस्कारहरूको मूलमा आमा हुन्छिन् किनभऩे उसैले नै घऱमा नानीहरूको साथ सबैभन्दा धेरै समय बिताउछिन्, यसैले नानीहरूको व्यवहारमाथि उसको सीधा असर पर्छ। यद्यपि, आजको समयमा यो पनि सत्य हो कि हामीले आमाको योगदानलाई त्यति महत्व दिँदैनौं, जतिको दिनुपर्छ। उसको त्याग र मेहिनतलाई हामी प्रायः अदेखा गरिदिन्छौं।

य़ो फिल्म तपाईको निम्ति शारीरिक र मानसिक रूपमा थकाउने थियो ?एकदम सही, हरर फिल्महरूको आफ्नो एक छुट्टै शैली र प्रस्तुति हुन्छ। यस फिल्मको कथामा गराई र रहस्य लुकेको छ, जसले सीधा हाम्रो मन-मस्तिष्कमाथि असर गर्दछ। यसमा एक्शन, वीएफएक्स जस्ता तकनीकी पहलुहरूका साथै इमोशनल कनेक्ट पनि बनाएर राख्नु जरूरी थियो। यसैले गर्दा यो फिल्म केवल शारीरिक रूपमा नभएर मानसिक रूपमा पनि धेरै थकाउने रह्यो।

तपाईलाई हरर कमेडी जनरमा पाइला राख्नमा यति समय किन लाग्यो ?साँच्चै भन्नुपर्दा मेरो करियरमा मलाई हरर फिल्महरूको धेरै अफर आएन। जुन स्क्रिप्ट्स पाए, त्यसमा त्यो गहराई वा आकर्षण थिएन, जसले मलाई उत्साहित गर्नसकोस्। हाम्रो समयमा जब हरर फिल्महरू बनाइँथ्यो तब कथाको सट्टा भूमिकाहरू र डराउने एलिमेन्ट्समाथि धेरै ध्यान दिइन्थ्यो। शायद यसैले गर्दा मलाई त्यस समयको हरर फिल्महरूमा अधिक रूचि भएन।

फिल्मको शूटिङमा तपाईलाई कुन कुरा सबैभऩ्दा अधिक चुनौतीपूर्ण लाग्यो?फिल्ममा मेरो निम्ति सबैभन्दा चुनौतीपूर्ण हिस्सा एक्शन सीन्स गर्नुथियो किनभने मैले यस अगाड़ी कहिले एक्शन गरेको थिइन। जब आफैले ती दृश्यहरू गरे तब मैले यसको पछाड़ीको तकनीकी कुराहरू बुझे र तबदेखि मैले आफ्नो पति अजय देवगनलाई अझ् अधिक सम्मान दिनु शुरू गरे, आखिर उनले यतिका वर्षदेखि लगातार एक्शन गर्दै आइऱहेका छन् (हाँस्दै)। फिल्ममा एक सीन छ, जहाँ काली माँ-को मूर्तिबाट पर्दा हट्छ, त्यस क्षणले मलाई भित्रैबाट झकझायो। यस्तो लाग्यो जस्तो माँ-को भक्तिका साथै उनी सामू अभिनय गर्ने पनि सौभाग्य पाइऱहेकी छु। त्यो क्षण मेरो निम्ति सबैभऩ्दा भावुक र स्मरणीय थियो।

फिल्महरूको चुनाउ गर्ने तरीकाहरूमा किन बदलाव आएको छ ?अब म स्क्रिप्टलाई पहिलेकोभन्दा अधिक महत्व दिन्छु। मेरो निम्ति कथाको गहराई सबैभऩ्दा जरूरी छ। यसैले गर्दा अब म पहिलेकोभन्दा अधिक चयनात्मक भएकी छु। म ती प्रोजेक्ट्सलाई प्राथमिकता दिन्छु, जसमा जोडदार कथा होस् र भूमिका पनि केही गर्न लायक होस्। यद्यपि, यस्तो धेरै नै कम हुन्छ जब सबै चीजहरू, कथा, पात्र, निर्देशक एकसाथ मिल्छ।

महिला केन्द्रित फिल्महरूको संख्यामा कतिको परिवर्तन आइऱहेको छ ?अवश्य, किनभऩे अब समय बदलिसकेको छ र दर्शकहरूको सोच पनि पहिलेको भन्दा धेरै विकसित भएको छ। यसको ठूलो श्रेय म ओटीटी प्लेटफार्म्सलाई दिन चाहन्छु। ओटीटी आउँदा दशर्कहरूले अलग-अलग भाषाहरू र शैलीहरूका कथा हेर्नु शुरू गरेका छन् र सबटाइटल्सको कारण भाषा अब कुनै बाधा रहेन। आज सिनेमाको स्तर धेरै माथि उठेको छ। अब केवल काम चलाउनका लागि फिल्म बनाउनु सम्भव छैन। दर्शकले अब राम्रो र गहिरो कथाको माग गर्छन्।

तपाईले तीनै खानको साथ काम गरेका छऩ्, के पुनः उनीहरूको साथ काम गर्न चाहनुहुन्छ ?

आज शाहरूख खान, सलमान खान, आमिर खान र अजय देवगन जस्ता सिताराहरू आ-आफ्नो तय मार्गहरूमा हिँड़िरहेका छन्। हरेकले आफूले रूचाएको जनरमा काम गरिरहेका छऩ् तर साथै उनीहरूले लगातार नयाँ प्रयोग पनि गरिरहेका छऩ्। शाहरूख होस् या आमिर यी सबै एकदमै एक्सपेरिमेन्टल हुन् र हरेक फिल्ममा केही नयाँ देखाउने प्रयास गर्छन्। यी सबैको करियर त्यस समयमा शुरू भएको थियो जब न त सोशल मीडिया थियो न त डिजिटल प्रमोशनको सहारा। यिनीहरूले आफ्नो मेहिनत र प्रतिभाको बुतामा स्टारडम हासिल गरे। यसैले गर्दा आजपनि उनीहरू आफ्नो फिल्महरूको माध्यमले जोखिम उठाउनदेखि पछि सर्दैनन् र दर्शकहरूलाई केही नयाँ दिने प्रयास गर्छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande