आतङ्कवादको मुद्दामा एससीओ डक्यूमेन्टमा हस्ताक्षर गर्न भारतले खारेज गऱ्यो
राज


नयाँ दिल्ली, 26 जून (हि.स.)। चीनको किंगदाओमा शंघाई सहयोग संगठन (एससीओ) को रक्षा मन्त्रीहरूको बैठकमा हिस्सा लिन गएका राजनाथ सिंहले एससीओ संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न खारेज गरे। यसको पछाड़ी उनको तर्क छ कि आतङ्कवादको मुद्दामा चीन र पाकिस्तानले सदैव सख्त रबैया अपनाउनको सट्टा नरम रबैया अपनाएको छ। यो मतभेद यसैले पनि थियो किनभने मस्यौदामा आतङ्कवादलाई सही तरीकाले परिभाषित गरिएको थिएन।

किंगदाओमा एससीओ देशहरूका रक्षा मन्त्रीहरूको बैठकमा रक्षा मन्त्री राजनाथ सिंहले 22 अप्रेलमा पहलगाममा भएको हमलाको निम्ति पाकिस्तान समर्थित समूहहरूलाई दोषी ठहर गरे, जसमा 26 नागरिक मारिए। यसको जवाफमा भारतले अपरेशन ‘सिन्दूर’ शुरू गरी सैन्य प्रतिक्रिया दियो। उनको यस बयानले भारतको दृढ़ आतङ्कवाद विरोधी रबैया, एससीओसित कारबाहीको माग र रणनीतिक स्वायत्ताप्रति प्रतिबद्धतालाई रेखांकित गऱ्यो। राजनाथ सिंहले भने, पहलगाम आतङ्कवादी हमलाको प्याटर्न भारतमा लश्करका पछिल्ला आतङ्की हमलाहरूसित मिल्दछ।

भारतीय अधिकारीहरू अनुसार, यस बयानमा हस्ताक्षर गरे आतङ्कवाद र क्षेत्रीय सुरक्षामा भारतको स्थिति कमजोर हुनेछ। यो मतभेद यसैले पनि थियो किनभने मस्यौदामा आतङ्कवादलाई सही तरीकाले परिभाषित गरिएको थिएन। राजनाथ सिंहको भनाई थियो, 10 सदस्यीय समूहमा पाकिस्तान, चीन र रूस पनि सामेल छन् तर यी देशहरूले कुनै अन्तिम घोषणा पत्र जारी गरेनन्। राजनाथ सिंहले पाकिस्तानको नाम नतोकी भने, केही देशले सीमा पारी आतङ्कवादलाई नीतिको साधनको रूपमा प्रयोग गर्छन् र आतङ्कीहरूलाई शरण दिन्छन्। यस्तो दोहोरो मानदण्डहरूका लागि कुनै ठाउँ हुनुहुँदैन। एससीओलाई यस्ता देशहरूको आलोचना गर्नमा संकोच हुनुहुँदैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande