नयाँ दिल्ली, 26 जून (हि.स.)। केन्द्रिय गृह मन्त्री अमित शाहले बिहिवार दिल्लीको भारत मण्डपममा आयोदित राजभाषा विभागको स्वर्ण जयन्ती समारोहमा भारतीय भाषाहरू भारतलाई जोड्ने सबैभन्दा सशक्त माध्यम बन्ने बताएका छन्।
शाहले भने, आउने समयमा केन्द्र र राज्यहरूको प्रशासनमा भारतीय भाषाहरूको उपयोग अझ् बढ्नेछ। यसको निम्ति राज्यहरूसित सम्पर्क गरिनेछ र उसलाई सम्झाउने प्रयास गरिनेछ। यस अवसरमा शाहले राजभाषा हिन्दी र सबै भारतीय भाषाहरूका प्रेमीहरूलाई शुभकामना दिए। उनले भने, हामीलाई कुनैपनि भाषा वा विदेशी भाषासित विरोध छैन तर आफ्नो भाषाको सम्मान र उपयोग हुनुपर्छ। जबसम्म हामी आफ्नो भाषामा सोच्नेछैनौं र गर्वले बोल्नेछैनौं तबसम्म दासत्वको मानसिकतादेखि मुक्ति सम्भव छैन।
राजभाषा विभागको 1975 देखि 2025 सम्मको यात्राको उल्लेख गर्दै शाहले भने, भारतको आजादीको शताब्दी (2047) सम्म देशको आत्मगौरवसित जोड़िएको हरेक प्रयासमा राजभाषा विभागको योगदान स्वर्णिम अक्षरहरूमा दर्ता हुनेछ। उनले जोड दिएर भने, सरकारी प्रशासन आम नागरिकहरूको भाषामा होस्, यो लोकतन्त्र र आत्मसम्मान दुवैको निम्ति आवश्यक छ।
शाहले भने, अब जेईई, नीट र सीयूईटी जस्ता परीक्षाहरू 13 भारतीय भाषाहरूमा गराइँदैछ। सीएपीएफ कन्स्टेबल भर्ती परीक्षा पनि अब 13 भाषामा भइरहेको छ र 95 प्रतिशत उम्मेदवारले आफ्नो मातृभाषामा परीक्षा दिएका छन्। यसले देखाउँछ कि भारतीय भाषाहरूको भविष्य उज्जवल छ।
गृहमन्त्रीले भने, हिन्दी कुनैपनि भारतीय भाषाको विरोधी होइन। हिन्दी सबै भाषाहरूको मित्र हो र सबै भाषाहरू मिलेर नै भारतको स्वाभिमानलाई माथि उठान सक्छन्। पहिले भाषाहरूको प्रयोग देशलाई बाँड्न गरियो तर अब यसलाई भारतलाई जोड्ने माध्यम बनाइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी