अशोक विहारबाट 18 जना बंगलादेशी पक्राउ, पाँचजना तेस्रो लिंगी सामेल
अशोक विहारबाट 18 जना बंगलादेशी पक्राउ, पाँचजना तेस्रो लिंगी सामेल


नयाँ दिल्ली, 28 जून (हि.स.)। उत्तर-पश्चिम जिल्लाको विदेशी शाखाले एक विशेष अभियान अन्तर्गत अशोक विहार क्षेत्रमा अवैध रूपमा बस्दै आइरहेका 18 जना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ जसमा पाँचजना तेस्रो लिंगी पनि सामेल छन्। यिनीहरूले भिख माग्ने बहानामा आफूलाई भारतीय महिला वा तेस्रो लिंगी बताएर लुकेका थिए।

पक्रा पर्नेहरूबाट सातवटा स्मार्ट फोन पनि जफ्त गरिएको छ जसमा प्रतिबन्धित आईएमओ एप इन्स्टल गरिएको छ जसको प्रयोग यिनीहरूले बंगलादेशमा रहेको आफ्नो परिवारसित सम्पर्क गर्नका लागि गर्दथे। पुलिस मुताविक उत्तर-पश्चिम जिल्लामा अवैध बंगलादेशी नागरिकहरूविरूद्ध संचालित विशेष अभियान अन्तर्गत पुलिसको दुईवटा टीम गठन गरिएको थियो। यस अभियानको नेतृत्व इन्स्पेक्टर विपिन कुमारले गरेका थिए।

पुलिस अधिकारी अनुसार पुलिस टीमले अशोक विहार क्षेत्रका लगभग सयवटा झोपड़ी अनि 150 वटा गल्लीहरूको जाँच गऱ्यो। यस अवधि एकजना संदिग्ध व्यक्तिसित जाँचबुझ गर्दा थाहा लाग्यो कि यिनीहरू बंगलादेसी नागरिक हु्न्। संंदिग्ध व्यक्तिबाट प्राप्त जानकारीको आधारमा 13 जना मानिसहरूलाई समातियो जसमा पुरूष, महिला र तीनजना स-साना नानीहरू सामेल छन्। यिनीहरू सबैसित वैध यात्रा दस्तावेज, वीजा वा परमिट थिएन।

जाँचबुझमा आरोपीहरूले स्वीकार गरे, यी सबै उनीहरूले पहिचान लुकाउन र कारबाहीदेखि बच्नको लागि गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande