सीआरसी सिक्किम र सिक्किम विश्वविद्यालयद्वारा हेलेन केलरको जन्मजयन्ती मनाउनका लागि हात मिलाए
सीआरसी सिक्किम र सिक्किम विश्वविद्यालयद्वारा हेलेन केलरको जन्मजयन्ती मनाउनका लागि हात मिलाए


सिक्किममा अन्तरराष्ट्रिय बधिर-अन्धता दिवस पालन

गान्तोक, 28 जून (हि.स.)। राष्ट्रिय लोकोमोटर दिव्याङ्ग संस्थान (एनआईएलडी), कोलकाताको प्रशासनिक नियन्त्रणमा रहेको दिव्याङ्ग व्यक्तिहरूको कौशल विकास, पुनर्वास एवं सशक्तिकरणको लागि समग्र क्षेत्रीय केन्द्र (सीआरसी सिक्किम), भारत सरकारको सामाजिक न्याय तथा अधिकारिता मन्त्रालय (एमएसजेई), दिव्याङ्ग व्यक्तिहरूको सशक्तिकरण विभाग (डीईपीडब्ल्यूडी) ले सिक्किम विश्वविद्यालयको सहयोगमा 27 जून, 2025 मा सिक्किम विश्वविद्यालयको कावेरी हलमा हेलेन केलरको 145औँ जन्मजयन्तीलाई अन्तरराष्ट्रिय बधिर-अन्धता दिवसको रूपमा पालन गरेको छ। उक्त जानकारी आज पीआईबीले दिएको छ।

सीआरसी सिक्किमकी निर्देशक पुष्पाञ्जली गुप्ताले आफ्नो परिचयात्मक भाषणको शुरुआत सीआरसी सिक्किमलाई यस महत्त्वपूर्ण दिवस आयोजना गर्ने अनुमति दिएकोमा एनआईएलडीका निर्देशक डा. ललित नारायणलाई धन्यवाद दिए। उनले सिक्किम विश्वविद्यालयका उपकुलपति (कार्यवाहक) प्रोफेसर अभिजीत दत्तलाई कार्यक्रम आयोजना गर्न सहयोग र स्थान प्रदान गरेकोमा विशेष रूपमा धन्यवाद पनि दिइन्।

सिक्किम विश्वविद्यालयका उपकुलपति प्रोफेसर अभिजीत दत्तले आफ्नो उद्घाटन भाषणमा पहिलो पटक विश्वविद्यालय परिसरमा यस प्रकारको महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा सीआरसी सिक्किमलाई धन्यवाद दिए। उनले हेलेन केलरमा भएको लचिलोपनको शक्तिमाथि प्रकाश पारे, जसको कारण उनले आफ्नो जीवनमा आएका अवरोधहरू पार गरिन् र एक विशाल व्यक्तित्व बनिन्। उनले आफ्न परिसरमा पहुँचका मुद्दाहरूलाई सम्बोधन गरेकोमा विश्वविद्यालयको प्रतिबद्धतालाई पनि दोहोर्‍याए तथा आगामी समयमा पहुँचका अवरोधहरूलाई हटाउने दिशामा विश्वविद्यालयले काम गर्ने आश्वासन दिए।

कार्यक्रममा उपस्थित गणमान्य व्यक्तिहरूमा छात्र सङ्कायाध्यक्ष प्रोफेसर एनके पासवान, मानव विज्ञान सङ्कायका सङ्कायाध्यक्ष प्रोफेसर सत्यानन्द पाण्डा, इतिहास विभागकी प्रोफेसर एवं प्रमुख डा. अम्बिका ढाका, सङ्गीत विभागकी एसोसिएट प्रोफेसर एवं प्रमुख डा. बिलम्बिता बानी सुधा, पर्यटन विभागका एसोसिएट प्रोफेसर एवं प्रमुख डा. अमित कुमार सिंह शामिल थिए।

यस अवसर पर मानव विज्ञान विभागका प्रोफेसर प्रो. नितीश मण्डल, अनुभाग अधिकारी सत्यम राणा, विशेष शिक्षक फरनाश बेगम, मास्टर ट्रेनर अखिलेश चौहान, पी एण्ड ओ के सोबोई ऐमोल र आईएसएल दोभाषे विशाल विश्वकर्मा पनि उपस्थित थिए, जसले सत्रको व्याख्या गरे। यस अतिरिक्त, चनियाँ विभागकी एसोसिएट प्रोफेसर एवं प्रमुख डा. धृति रोयले सत्रको मास्टरका रूपमा कार्य गरिन्।

कार्यक्रमका स्रोतवक्ताहरूमा आरपी सिंह, सहायक प्राध्यापक (सेवानिवृत्त), राष्ट्रिय दृश्य बाधित व्यक्तिहरूको संस्थान (दिव्याङ्गजन), देहरादून, सोनाम भोटिया, शिक्षिका, जवाहरलाल नेहरू मेमोरियल इन्स्टिट्युट फर द ब्लाइण्ड, नाम्ची, सिक्किम, पूनम तामाङ, एससीपीडीएस, पाकिम, सिक्किम तथा सचिन रिजाल, क्षमता निर्माण र प्रमुख, सेन्स इण्डिया, अहमदाबाद थिए।

कार्यक्रम एकदमै सफल रह्यो, दिव्याङ्ग व्यक्तिहरू मुख्य स्रोतवक्ताहरू थिए जसले सङ्घर्ष र उपलब्धिका कथाहरू सुनाएर उदाहरण प्रस्तुत गरे। सङ्गीत विभागका विद्यार्थीहरूले आफ्नो सुन्दर शास्त्रीय प्रस्तुतिद्वारा कार्यक्रमलाई अझ मूल्यवान बनाए। यो हेलेन केलरप्रति उचित श्रद्धाञ्जली थियो, जसले अविश्वसनीय चुनौतीहरू पार गर्दै अपाङ्गता अधिकारको संसारमा एक महान् व्यक्तित्व बन्न सफल भइन्।

पृष्ठभूमिएक प्रसिद्ध लेखिका, विकलाङ्ग अधिकार अधिवक्ता तथा व्याख्याता हेलेन केलरले एक पटक भनेकी थिइन्, “हामी एक्लैले एकदमै थोरै मात्र गर्न सक्छौँ, एकसाथ मिलेर हामी धेरै कुरा गर्न सक्छौँ।” बधिर दृष्टिविहीन भए तापनि केलर एक प्रख्यात लेखिका थिइन्, जसले आफ्नो जीवनभरि धेरै पुस्तक, निबन्ध र लेखहरू लेखिन्। उनको सबैभन्दा प्रसिद्ध कृति ‘द स्टोरी अफ् माई लाइफ’ हो, जुन उनको अन्धोपन र बहिरोपनसँगको प्रारम्भिक अनुभव र उनको शिक्षिका एनी सुलिभानको सहयोगमा यी चुनौतीहरू पार गर्ने उनको यात्राको विवरण दिने आत्मकथा हो। उनले ‘द वर्ल्ड आई लिभ इन’ पनि लेखिन्, जसले उनको भित्री संसार र धारणाहरूमा गहिरिएर अध्ययन गर्छ। अन्य उल्लेखनीय कृतिहरूमा ‘आउट अफ् द डार्क’, समाजवादमा निबन्धहरूको एक सङ्ग्रह र ‘माई रिलिजन’ (जसलाई लाइट इन माई डार्कनेसको रूपमा पनि जानिन्छ) सामेल छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande