पश्चिम बंगालमा अराजकताको स्थितिः अधिर रञ्जन
पश्चिम बंगालमा अराजकताको स्थितिः अधिर रञ्जन


कोलकाता, 28 जून (हि.स.)। कोलकाताको ल कलेजमा एक जना छात्रासित भएको सामूहिक दुष्कर्मको घटनालाई लिएर कंग्रेस सांसद अनि वरिष्ठ नेता अधीर रञ्जन चौधरीले शनिवार राज्यको कानून व्यवस्थामाथि गम्भीर प्रश्न उठाए। उनले आरोप लगाए, पश्चिम बंगालमा प्रशासनिक नियन्त्रण शिथिल भइसकेको छ र राज्य लगभग अराजकताको स्थितिमा पुगिसकेको छ।

चौधरीले भने, “यो घटनाले के दर्शाउँछ भने बंगालमा कानून व्यवस्था दिन-प्रतिदिन सोचनीय हुँदै गइरहेको छ। वर्तमान अवस्थामा यस्तो प्रतीत हुन्छ, राज्यमा अराजकताको माहोल सृजित भएको छ जसको परिणामस्वरूप एक जना छात्रासित ल कलेजको छात्रावासमा सामूहिक दुष्कर्म जस्तो अमानवीय घटना हुन्छ।”

उनले आरोप लगायो, यस मामिलाको आरोपी सत्तारूढ़ तृणमूल कंग्रेससित जोड़िएको छ जसलाई राजनीतिक संरक्षण प्राप्त छ। घृणित अपराधहरूको लागि जुन प्रकारको दुस्साहस, हिम्मत र निरंकुशता चाहिन्छ, त्यो केवल ती मानिसहरूमा मात्र देखिन्छ जसलाई सत्ताको प्रत्यक्ष अनि परोक्ष समर्थन प्राप्त हुन्छ।

कंग्रेस नेताले यो पनि आरोप लगाए, राज्य सरकारले यस्ता अपराधीहरूलाई संरक्षण दिएर सामाजिक ढाँचालाई नोक्सान पुऱ्याइरहेको छ। यस प्रकारको अपराध राज्य सरकारद्वारा संरक्षित तत्वहरूको उपज हो जसबाट राज्यमा लगातार आपराधिक घटनाहरू सामु आइरहेका छन्।

यस घटनालाई पश्चिम बंगालमा राजनीतिक तनाउ र जनाक्रोश लगातार बढ़िरहेको छ। राज्यका विभिन्न सामाजिक संगठन तथा विपक्षी दलहरूले दोषीहरू विरूद्ध कड़ा कारबाही गर्ने माग गरिरहेका छन्। यसबीच कोलकाता पुलिसले शनिवार दक्षिण कोलकाता ल कलेजको सुरक्षा गार्ड पिनाकी ब्यानर्जी (55)-लाई पक्राउ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande