राँची, 28 जून (हि.स.)। दिल्लीको गंगाराम अस्पतालमा उपचाराधिन पूर्व मुख्यमन्त्री एवं राज्यसभा सांसद शिबु सोरेनको स्वास्थ्यको जानकारी लिएपछि केन्द्रिय महिला एवंं बाल विकास मन्त्री अन्नपूर्ण देवीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्। केन्द्रिय मन्त्रीले सोशल मीडिया एक्समा लेखिन्, दिल्लीस्थित गंगाराम अस्पतालमा मुख्यमन्त्री हेमन्त सोरेनसित भेट गरी झारखण्डका पूर्व मुख्मन्त्री एवं राज्यसभा सांसद शिबु सोरेनको स्वास्थ्य स्थिति बारे जानकारी लिइन्। ईश्वरसित प्रार्थना छ, 'गुरुजी' शीघ्र पूर्ण रूपले स्वस्थ होउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा