हुगली, 28 जून (हि.स.)। साउथ कोलकाता ल कलेजकी छात्रासित भएको ग्यांगरेपको घटनालाई लिएर राज्यभरि नै विरोध भइरहेको छ।यसै क्रममा शनिवार अपरान्ह हुगली सांगठनिक जिल्ला भाजपाले चुँचुड़ाको रविन्द्रनगरमा जीटी रोडलाई अवरूद्ध गरी व्यापक विरोध प्रदर्शन गऱ्यो। प्रदर्शन लगभग 45 मिनटसम्म चल्यो जसकारम क्षेत्रमा यातायात बाधित रह्यो।
प्रदर्शन अवधि भाजपाका कार्यकर्ताहरूले पश्चिम बंगालको तृणमूल सरकार अनि पुलिस प्रशासनविरूद्ध व्यापक नाराबाजी गरे। स्थिति त्यसबेला बिग्रियो जतिबेला भाजपा कार्यकर्ता अनि पुलिसकर्मीहरूबीच झड़प भयो। झड़पमा भाजपाकी महिला कार्यकर्ता रूपी राय अनि शाश्वत ब्यनर्जी घाइते भए। दुवैलाई तत्कालै चुँंचुड़ाको इमामबाड़ा अस्पतालमा भर्ती गरिएको छ।
भाजपाको आरोप छ, राज्य सरकारले अपराधीहरूलाई संरक्षण दिरहेको छ अनि कानून व्यवस्था पूर्ण रूपले धर्मराएको छ। पार्टीले यस घटनाको विरोधमा राज्यव्यापी आन्दोलन गर्ने चेताउनी दिएकोछ।
-----
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा