कोलकाता ग्यांगरेपकाण्डः दिलीप घोषले ममता सरकारमाथि गरे धारिलो प्रहार
कोलकाता ग्यांगरेपकाण्डः दिलीप घोषले ममता सरकारमाथि गरे धारिलो प्रहार


कोलकाता,28 जून (हि.स.)। पश्चिम बंगालको कस्बा क्षेत्रस्थित एक सरकारी ल कलेजमा छात्रासित भएको ग्यांगरेपको मामिलाले सम्पर्ण राज्यलाई झक्झकाइदिएको छ। यस घटनापछि भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता दिलीप घोषले मुख्यमन्त्री ममता ब्यानर्जी र तृणमूल कंग्रेस (टीएमसी) सरकारमाथि धारिलो प्रहार गरेका छन्।

घोषले शनिवार मीडियासित बातचित गर्दै भने, राज्यमा महिलाहरू विरूद्ध अपराधहरू लगातार बढ़्दै गइरहेको, तर वर्तमान सरकारले भने आँखा चिम्लिएको छ। उनले भने, “बंगालमा महिलाहरू अब घरदेखि बाहिर निक्लिनु पनि डराइरहेका छन्। ममता ब्यानर्जीलाई यी घटनाहरूसित कुनै परवाह छैन, न त कुनै लज्जा।”

दिलीप घोषले टीएमसी सांसद कल्याण ब्यानर्जीको एक विवादास्पद बयानको पनि आलोचना गरे जसमा उनले कथित रूपमा भनेका थिए, “यदि कुनै साथीले आफ्नो साथीसित रेप गर्छ भने के गर्न सकिन्छ?”

यसमाथि चर्को प्रतिक्रिया व्यक्त गर्दै घोषले भने, “कल्याण ब्यानर्जीलाई लाज लाग्नुपर्ने हो। उनी एक जना वरिष्ठ नेता अनि वकिल हुन्। यस्तो गैर-जिम्मेवारी टिप्पणीको उनीबाट आशा गर्न सकिँदैन। उनले जनतालाई जागरूक बनाउने काम गर्नुपर्छ कि अपराधलाई तर्क दिने।”

गत बुधवार कोलकाताको कस्बास्थित एक सरकारी ल कलेजमा एक जना छात्रासित ग्यांगरेप भएको घटना सामु आएको छ। पुलिसले तत्परता देखाउँदै 24 घण्टाभित्रमा तीन जना आरोपीहरूलाई पक्राउ गरेको छ भने आज फेरि अर्को आरोपीलाई पक्राउ गरेको छ।

घोषले आरएसएस महासचिव दत्तात्रेय होसबोलेको त्यस बयानलाई समर्थन गरेका छन् जसमा उनले संविधानको प्रस्तावबाट समाजवादी र धर्मनिरपेक्ष शब्दलाई हटाउने वकालत गरेका थिए। घोषले भने, “यो शब्द संविधानको मूल प्रतिमा थिएन, यसलाई पछि जोड़िएको हो। सही समय आएपछि यसलाई हटाइनेछ।” उनले कंग्रेसमाथि पनि प्रहार गर्दै भने, “यस पार्टीले 50 वर्षपूर्व संविधानसित छेड़छाड़ गऱ्यो अनि लोकतन्त्रको नाममा नोकरशाही थोप्यो।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande