कोलकाता, 28 जून (हि.स.)। कालीगञ्जमा उपचुनाउको मतगणनाको दिन बम विस्फोटमा एकजना बालिकाको मृत्यु भएको मामिलामा पुलिसले थप दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। बितेको शुक्रवार अबेर राती जिल्लाको कटवा क्षेत्रबाट बिमल शेख र जामिर शेखलाई पक्राउ गरियो। यी दुई आरोपीहरूको नाम पहिलाबाट एफआईआरमा दर्ता थियो।पाँचजना आरोपीहरूलाई पहिला नै पक्राउ गरिकिएको छ, त्यसैले अहिलेसम्ममा यस मामिलामा पक्रा पर्ने आरोपीहरूको संख्या बढ़ेर सात पुगेको छ।
यो घटना गत 23 जूनमा त्यसबेला घटेको थियो जतिबेला कालीगञ्ज उपचुनाउको परिणाम घोषणा भएको केही घण्टापछि मोलांदी गाउँमा उत्सव मनाइरहेका तृणमूल कार्यकर्ताहरूले माकपासित आवद्ध एक परिवारको घरमा बम बर्साए। यस घटनामा तमन्ना खातून नामक 13 वर्षीय बालिकाको मृत्यु भयो। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै मुख्यमन्त्री ममता ब्यनर्जीले तत्काल एक्स ह्याण्डलमा शोक व्यक्त गर्दै दोषीहरूलाई यथाशीघ्र पक्राउ गरी कड़ाभन्दा कड़ा सजाय दिने निर्देश दिएकी थिइन्। उनले निर्देश दिएको 24 घण्टापछि नै पुलिसले यस मामिलामा चारजनालाई पक्रा गरेको थियो। त्यसको दोस्रो दिन थप अर्को आरोपीलाई पक्राउ गरिएको थियो।
घटनापछि तृणमूल कंग्रेसका विधायक हुमायुँ कबीर मोलांदी गाउँमा मृतकाको परिवारसित भेट गर्न गएका थिए। उनले पीड़ित परिवारलाई एउटा रुपियाँले भरिएको लिफाफा सुम्पिन चाहे, तर मृतकाकी आमाले त्यसलाई लिन अस्वीकार गरिन्। उनले भनिन्, उनीहरूलाई पैसा चाहिँदैन, आफ्नो छोरीको लागि न्याय चाहिन्छ। यस घटनाक्रमको कारणले विधायक हुमायुँ कबीरलाई असहज स्थितिको सामना गर्नु पऱ्यो। यस मामिलाको जानकारी पार्टी नेतृत्वसम्म पुग्नसाथ प्रदेश अध्यक्ष सुब्रत बख्शीले विधायकलाई कारण बताऊ नोटिस (शोकज) दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा