कोलकाताः जूनमा भएको वर्षाले पछिल्लो वर्षको रेकर्डलाई पछि पाऱ्यो
weather


कोलकाता, 28 जून (हि.स.) कोलकातामा यस वर्षको जून महिना भएको वर्षाले महिना समाप्त हुन दुई दिनअघि नै पछिल्लो वर्षको सम्पूर्ण जून महिनाको रेकर्डलाई पछि पारेको छ। यस वर्ष गत 01 जूनदेखि 27 जूनभित्रमा शहरमा 187.8 मिमी वर्षा दर्ता गरियो भने पछिल्लो वर्ष सम्पूर्ण जून महिनाभरि 143.2 मिमी वर्षा भएको थियो।

तथापि हाल कोलकातामा सामान्य वर्षाभन्दा 24 प्रतिशत कम भइरहेको छ, तर मौसम विभागको भनाइ छ, यो अन्तर चाँड़ै समाप्त हुनसक्छ। 29 जूनमा बंगालको खाड़ीको उत्तर भागमा एक चक्रवाती परिसंचरण बनिने सम्भावना छ जुन आगामी 30 जूनसम्ममा एक निम्न दबाव क्षेत्रमा परिवर्तन हुनसक्छ। यसको प्रभावले कोलकाता अनि दक्षिण बंगालका केही क्षेत्रहरूमा घनाभन्दा घना वर्षा हुनसक्छ।

दक्षिण बंगालमा अहिलेसम्ममा सामान्यभन्दा अधिक वर्षा भइसकेको छ। 01 देखि 27 जूनसम्ममा यहाँ 243.9 मिमी वर्षा भयो जुन सामान्यभन्दा 13 प्रतिशत अधिक हो। मौसम वैज्ञानिक सौरिष बन्दोपाध्याय अनुसार “मनसुन गत 17 जूनमा आगमन भएदेखि नै लगातार चक्रवाती परिसंचरणको कारणले दक्षिण बंगाल र कोलकातामा पानी रोकिँदै परिरहेको छ।कोलकातामा अधिकांश हल्कादेखि मध्यम वर्षा भएको छ। तर वरपरका क्षेत्रहरूमा भने घना वर्षा भएको छ।

आगामी 30 जूनमा कोलकाता, हावड़ा, उत्तर औ दक्षिण 24 परगना, पुरुलिया, पूर्व औ पश्चिम बर्दवानमा 7 - 11 सेन्टीमीटरसम्म घना वर्षा हुने चेताउनी दिइएको छ।

स्मरण गराइन्छ, यो साल कोलकातामा मनसुनको आगमन ढिलो गरी भयो। सुक्खा शुरूआतको कारणले जूनको शुरूआतमा शहरमा 49 प्रतिशत अनि दक्षिण बंगालमा 67 प्रतिशत वर्षा कम भएको थियो। वर्ष 2014-देखि 2020बीच कोलकातामा वर्ष 2018-को जून महिनामा मात्र सामान्यभन्दा अधिक वर्षा दर्ता गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande