कसबा ल कलेजमा मनोजीत मिश्राको दबदबा, आपराधिक इतिहासः आरजी कर प्रदर्शनकारीहरूलाई पनि छोड़ेको थिएन
कसबा ल कलेजमा मनोजीत मिश्राको दबदबा, आपराधिक इतिहासः आरजी कर प्रदर्शनकारीहरूलाई पनि छोड़ेको थिएन


कोलकाता, 28 जून (हि.स.)। दक्षिण कोलकाताको कसबास्थित एक ल कलेज रेपकाण्डका आरोपी मनोजीत मिश्राविरूद्ध दर्ता गम्भीर आरोपहरूको सूची बढ़्दै गइरहेको छ। कलेज परिसरमा सामूहिक बलात्कारको आरोपमा मनोजीतलाई पक्राउ गरिएपछि उमाथि लागेका पछिल्ला आरोपहरू फेरि एकपटक सामु आएका छन्।

गत वर्षको 14 अगस्त महिनामा भएको आरजी कर दुष्कर्म औ हत्याकाण्डको विरोधमा महिलाहरूद्वारा शुरू गरिएको ‘रात दखल’ नामक जनआन्दोलनमा यस ल कलेजबाट पनि विद्यार्थीहरू सहभागी भएका थिए। यी विद्यार्थीहरूको दाबी छ, मनोजीत र उसको ग्यांगले त्यस कार्यक्रम अवधि फेसबुक लाइभ गर्ने विद्यार्थीहरूलाई चिन्हित गरी उनीहरूको सूची तयार गरेका थिए।

पछि ती सूचीवद्ध विद्यार्थीहरूलाई फोन गरेर बोलाइयो अनि उनीहरूलाई आन्दोलनमा सहभागी बनेकोमा धम्काइयो, कतिपय मामिलामा त छात्राहरूमाथि कुटपिट पनि गरिएको थियो। एकजना छात्रलाई त झन् कथित रूपमा लेक मल नजिकबाट बलजफ्ती उठाएर लग्यो जसलाई मरूञ्जेल कुटेको कारणले उ अचेत पनि भएको थियो। यी घटनाहरूलाई लिएर अपहरण कुटपिट जस्ता धाराहरूमा मुद्दा पनि दर्ता भयो, तर मनोजीतसम्म कानूनको हात पुग्न सकेन।

कलेज परिसरमा मनोजीतको दबदबा यहाँसम्म थियो कि शिक्षक-शिक्षिकाहरूले पनि उसको विरोधमा खुलेर बोल्न डराउँथे। एकजना छात्रले बताए, “हामीमध्ये न्यूनतम पनि 10-12 जना छात्र-छात्राहरू यस्ता छन् जो बितेको एक वर्षदेखिको कलेजमा आउनै सकेनका थिएनौ, किनभने हामीले 'रात दखल' आन्दोलनमा भाग लिएका थियौं।”

कलेज प्रशासनलाई मनोजीतको बारेमा धेरै पटक सिकायत प्राप्त भइसकेको छ जसमा भनिएको छ, उसले परिसर बाहिर-भित्र विरोध गर्ने विद्यार्थीहरूलाई कुटपिट गर्थे साथै उनीहरूलाई कलेज छोड़्नका लागि बाध्य बनाउँथे।

पुलिस सूत्र अनुसार मनोजीतविरूद्ध न्यूनतम पनि 20 वटा मामिला दर्ता छन्। वर्ष 2017-मा कलेजमा भएको तोड़फोड़ अनि सीसीटीभी क्यामराली नोक्सान पुऱ्याउने जस्ता मामिलाहरूमा उसको नाम मुसिएको थियो। त्यसताक कलेजका तत्कालीन प्रिन्सिपल देवाशीष चट्टोपाध्यायको सिकायतमा उसलाई एकपटक पक्राउ गरिएको थियो।

कलेज प्रशासनले पनि उसलाई तीनपटक सस्पेण्ड गरिसकेको छ, तर मुख्यमन्त्री ममता ब्यनर्जीका भतिज अभिषेक ब्यनर्जीसित निकट सम्बन्ध रहेको कारणले उ अहिलेसम्म कलेजमा प्रभाव बनाउन सफल हुँदै आएको छ।

मनोजीतले वर्ष 2014- मा कलेजमा प्रवेश लिएको थियो, तर धेरै वर्षसम्म पनि उतीर्ण गर्न नसकेको कारणले उ डिसकोलेजिएट भएको थियो। शुरूबाटै छात्र संगठन टीएमसीपीसित आवद्ध रहिआएको मनोजीत एक समयमा कलेज यूनिटको प्रेसिडेन्ट समेत रहेको थियो, त्यसपछि वर्ष 2021-मा उसलाई दक्षिण कोलाकाताको संगठनात्मक सचिव बनाइयो। तथापि टीएमसीपीका राज्य अध्यक्ष त्रिणांकुर भट्टचार्यको दाबी छ, मनोजीत कहिल्यै पनि संगठनको कुनै पदमा रहेको छैन।

कलेजकी भाइस प्रिन्सिपल नयना चट्टोपाध्यायले मनोजीतको नियुक्तिमाथि प्रश्न उठाउँदा जवाफ दिइयो, “सबै कुरा कलेजको गभर्निंग बडीको रेजोल्युशन अनुसार भएको हो। मसित सबै दस्तावेज छ।”

बलात्कारको मामिलामा मनोजीतसितै पक्रा पर्ने प्रमित मुखोपाध्याय र जैब अहमदलाई उसको दाहिने र देब्रे हात मानिन्छ। प्रमित कलेजको सेकेण्ड इयरको छात्र हो जो हावड़ामा बस्छ। जैब फर्स्ट इयरमा पढ्छ जो तिलजला निवासी हो।

आरोप छ, कलेजमा नशाजनित गतिविधिदेखि लिएर पैसा लिएर एडमिशन दिलाउने अनि फेस्टको नाममा अश्लील आयोजनहरूसम्म यी तीनैजनको नाम सबैभन्दा अग्रपंक्तिमा आउँछ।

हाल मनोजीत मिश्राको पक्राउपछि कलेजमा व्याप्त आतंकको परिवेशविरूद्ध विद्यार्थीहरूले फेरि एकपटक आवाज उठाउन थालेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande