लखनऊः क्यान्सर संस्थानको ओटी ब्लकबाट झरेर रोगीको मृत्यु
लखनऊः क्यान्सर संस्थानको ओटी ब्लकबाट झरेर रोगीको मृत्यु


लखनऊ, 27 जून (हि.स.)। लखनऊमा गए शुक्रवार साँझ कल्याण सिंह क्यान्सर संसंथानको ओटी ब्लकको छतबाट झरेर क्यान्सर पीड़ित रोगी दादुराम (45)-को मृत्यु भयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

पुलिस अनुसार क्यान्सर पीड़ित दादुराम बांदा जिल्ला, ग्राम महुटा, थाना अतराका निवासी थिए भने तिनलाई परिवारले उपचारको निम्ति यहाँ ल्याएको थियो।

प्रथम दृष्टया मृतकको परिवारले बतायो, दादुरामलाई कहिले-कहिले लड़्ने बिमार लाग्थ्यो जो क्यान्सरद्वारा पीड़ित थिए। तिनलाई पीजीआई ट्रामा सेन्टरबाट कल्याण सिंह क्यान्सर संस्थानमा पठाइएको थियो। आज साँझ तिनी ओटी ब्लकको छतबाट तल झरे जसले गर्दा तिनक मृत्यु भयो। पुलिसले अग्रिम कानूनी कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande