चोरी भएको वाहन भेटियो, चारजना आरोपी पुलिसको पञ्जामा
चोरी भएको वाहन भेटियो, चारजना आरोपी पुलिसको पञ्जामा


गुवाहाटी, 28 जून (हि.स.)। गुवाहाटीको फटासील आमबारी पुलिसले चोरीको एक मामिलामा कारबाही गर्दै शनिवार चारजना आरोपीहरूलाई पक्राउ गऱ्यो भने चोरी भएको कारलाई पनि जफ्त गऱ्यो।

इमान अली नामक व्यक्तिले गत 21 जूनमा फटासील आमबारी थानामा चोरीको सम्बन्धमा एफआईआर दर्ता गराएका थिए। एफआईआरमा उनले भनेका थिए, उनको टाटा योधा वाहन (एएस- 01 क्यूसी 1628) ज्योतिकुची, धोपोलियास्थित पार्किंग क्षेत्रबाट कुनै अज्ञात व्यक्तिद्वारा चोरी गरिएको छ।

मामिलाको जाँच अवधि पुलिसले एकजना आरोपी फुस्की उपनाम सोमेल अलीलाई रंगियाबाट पक्राउ गरियो जसले जाँचबुझमा अपराधलाई स्वीकार गऱ्यो। उसैले बताए अनुसार पुलिसले नितु साहा, दिनेश गोगोई र रञ्जन गोगोईलाई पनि यस मामिलामा पक्राउ गरियो। आरोपीहरूसित जाँचबुझ गरिएपछि पुलिसले चोरी भएको टाटा योधा वाहनलाई रंगिया रेलवे स्टेशन नजिकबाट जफ्त गऱ्यो। पुलिसले मामिला दर्ता गरी अग्रिमकारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande