कोलकाता मेट्रोमा तकनिकी बाधा, टालीगञ्जदेखि मैदानबीच यातायात अस्थायी रूपमा बन्द
कोलकाता मेट्रोमा तकनिकी बाधा, टालीगञ्जदेखि मैदानबीच यातायात अस्थायी रूपमा बन्द


कोलकाता, 28 जून (हि.स.)। कोलकाता मेट्रोको ब्लू लाइनमा शनिवार तकनिकी समस्याको कारणले टालिगञ्ज र मैदान स्टेशनबीच मेट्रो सेवा अस्थायी रूपमा बाधित रह्यो। यो समस्या अपरान्ह जतिन पार्क र नेताजी भवन स्टेशनबीच उत्पन्न भएको हो जसले गर्दा यस खण्डमा मेट्रो संचालनलाई अस्थायी रूपमा रोक्नु पऱ्यो।

मेट्रो प्रशासन अनुसार दक्षिणेश्वरदेखि कवि सुभाषसम्म चल्ने यस रूटमा केवल आंशिक सेवालाई मात्र जारी राखियो। दक्षिणेश्वरदेखि मैदान अनि कवि सुभाषदेखि टालीगञ्जसम्म मेट्रोको आवागन जारी रह्यो भने मैदानदेखि टालीगञ्जबीच सेवा पूर्ण रूपले स्थगित गरियो।

ट्रेन सेवामा यसरी अचानक बाधा आएको कारमले कार्यालय समयमा यात्रीहरूलाई विभिन्न असुविधाको सामना गर्नुपऱ्यो। टालीगञ्ज मेट्रो स्टेशनमा ट्रेनहरू नआएको कारणले प्लेटफर्ममा व्यापक भीड़ देखियो भने केही यात्रीहरूले वैकल्पिक परिवहनको साधन जस्तै बस, ट्याक्सी आदिको सहारा लिनुपऱ्यो।

मेट्रो अधिकारीहरूले जानकारी दिएका छन्, तकनिकी समस्याको समाधान हेतू कारबाही गरिँदैछ। चाँड़ै नै मेट्रो सेवालाई सामान्य बनाउने प्रयास जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande